arrow

अमेरिकाले भेनेजुएलालाई कडा मूल्य चुकाउनुपर्ने दियो चेतावनी

logo
प्रकाशित २०७५ माघ १४ सोमबार
venezuela.jpg

काठमाडौं । अमेरिकाले भेनेजुएलाको राजनीतिमाथि गम्भीर हुने क्रममा थप चेतावनी दिएको छ । अमेरिकाले पछिल्लो पटक आफ्ना नेता तथा कुटनीतिज्ञहरुमाथि आँच आउने गतिविधि गरेमा भेनेजुएलाले कडा मूल्य चुकाउनुपर्ने चेतावनी दिएको हो ।

अमेरिकी सुरक्षा सल्लाहकार जोन बोल्टनले भेनेजुएलाका विपक्षी नेता खुआन गोइदो र अमेरिकी राजनीतिक नेताहरुमाथि आँच आउने कुनै काम गरेमा भेनेजुएलाले नराम्रो परिणाम भोग्नुपर्ने चेतावनी दिएका हुन् ।

उनको चेतावीन अमेरिका लगायत २० भन्दा बढी मुलुकले भेनेजुएलाका विपक्षी नेता खुआन गाइदोलाई अन्तरिम राष्ट्रपतिको मान्यता दिएपछि आएको हो । 

यता, कम्युनिष्ट मुलुकहरुले वर्तमान राष्ट्रपति निकोलस मादुरोलाई नै राष्ट्रपति भन्दै हस्तक्षेप नगर्न अमेरिका लगायतका राष्ट्रलाई चेतावनी दिएका छन् । 

Venezuela's President Nicolas Maduro and Venezuelan Minister of Defence Vladimir Padrino (R), during military exercises at Fort Paramacay, in Carabobo, Venezuela, 27 January 2019

भेनेजुएलामा गत वर्ष भएको राष्ट्रपतीय चुनावमा राष्ट्रपति मादुरोले धाँधली गरेको आरोप विपक्षी नेता गाइदोले लगाउँदै आएका छन् । उनले पुनः चुनाव गराउन अपील गर्दै आएका छन् । त्यस यता भेनेजुएलामा आन्दोलन चर्किँदै आएको छ ।

यसैबीच केही युरोपेली मुलुकले भेनेजुएलामा तत्काल निर्वाचन घोषणा गर्न माग गरेका छन् । स्पेन, जर्मनी, फ्रान्स र बेलायतले आठ दिनभित्र चुनावको मिति घोषणा गर्न माग गरेका हुन् ।

उनीहरुले आठ दिनभित्र निर्वाचन घोषणा नगरे गोइतोलाई नै राष्ट्रपतिको मान्यता दिने चेतावनी दिएका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ