arrow

राष्ट्रिय सभा बैठक सुरु, काँग्रेसको अबरोध कायमै 

logo
प्रकाशित २०७५ माघ १४ सोमबार
rastriya_sava11.jpg

काठमाडौं । राष्ट्रिय सभाको सोमबारको बैठक सुरु भएको छ । ७ दिन अघि काँग्रेसको अवरोधको कारण नै बस्न नसकी ७ दिनको लागि स्थगित गरेको बैठकक बिहान ११ बजेको लागि बैठक बोलाईएको थियो । 

सो बैठक सुरु भएसँगै काँग्रेस सांसदहरुले उठेर विरोध गरेका थिए । पछि काँग्रेस मन्त्रीहरुले आफूहरुको माग पूरा नभएको कारण अझैपनि आफूहरुको अवरोध जारी रहेको बताएका छन्। 

गत सोमबार नेपाली काँग्रेसले दोस्रो पटक बोलाईएको संसद् बैठकमा पनि अवरोध गरेको छ । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले आफ्नो माग पूरा नभएसम्म संसद् चल्न नदिने रणनीति अनुरुप दोस्रो पटक पनि बैठक अवरुद्ध गरेको हो ।

काँग्रेसको अवरोध पछि राष्ट्रिय सभा अध्यक्ष गणेश प्रसाद तिमल्सिनाले सोमबारका सबै कार्यसूचीहरु स्थगित गर्दै आगामी बैठक अर्को सोमबार अर्थात् माघ १४ गतेसम्मको लागि स्थगित गरेका थिए ।

काँग्रेसले केही साता अघि मन्त्रिपरिषदमा पठाईएको विभिन्न ११ वटा स्वास्थ्य संस्थाहरुमध्ये ९ वटा स्वास्थ्य संस्थाको अनुमती स्वीकृति गरेको तर, काँग्रेसका सभापतिद्वय गिरिजाप्रसाद कोइराला र सुशील कोइरालाको नाममा खुलेका स्वास्थ्य संस्थाहरुलाई अनुमतीको स्वीकृति नदिएको भन्दै संसद अवरोध गरिरहेको छ ।

साथै, चिकित्सा क्षेत्रको सुधारको लागि अनसनरत डा. गोविन्द केसीसँगको सहमति विपरित चिकित्सा शिक्षा विधेयकको विरोध र केसीको माग पूरा गर्ने माग सहित काँग्रेसले संसद अबरुद्ध गराउँदै आएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ