arrow

प्रतिपक्षीको नाराबाजीकाबीच चिकित्सा विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव राष्ट्रिय सभाबाट पारित

logo
प्रकाशित २०७५ माघ १४ सोमबार
birodh_rastriyasava1.jpg

काठमाडौं । प्रतिनिधि सभामा पनि सोमबार प्रतिपक्षी दल नेपाली काँग्रेसको नाराबाजीकाबीच राष्ट्रिय सभाको बैठकमा राष्ट्रिय चिकित्सा शिक्षा विधेयक २०७५ विचार गरियोस् भन्ने प्रस्ताव राष्ट्रिय सभाबाट स्वीकृत भएको छ । सोमबार तेस्रो पटक बसेको संसद बैठकमा काँग्रेस सांसदहरुले उठेर विरोध जनाईरहँदा राष्ट्रिय सभा अध्यक्ष गणेश तिमल्सिनाले संसदको कारबाही अघि बढाउन निर्देशन दिएपछि काँग्रेस सांसदहरु रोष्ट्रममा पुगेर नाराबाजी सुरु गरेका हुन् ।

त्यतिबेलासम्म आफ्नै सिटमा बसिरहेका काँग्रेस सांसदहरु अध्यक्षले सो निर्देशन दिएसँगै रोष्ट्रममा पुगेर नाराबाजी गर्न सुरु गरेका थिए । अध्यक्ष तिमल्सिनाले सभाका सचिव राजेन्द्र फुयाललाई प्रतिनिधि सभाबाट पारित भएको राष्ट्रिय चिकित्सा शिक्षा विधेयक सहितको सूचना टेबुल गर्न समय दिएर बैठक आधा घण्टाको लागि स्थगित गरेका थिए । 

सोमबारको तेस्रो बैठकमा बैठकमा समेत विरोध गरेको प्रतिपक्षी दलका सांसदहरुले आफूहरुको माग पूरा नभएसम्म विरोध जारी राख्ने निर्णय गरेपछि प्रतिनिधि सभामा सभामुख कृष्णबहादुर महराले पनि जवर्जस्ती बैठक अघि बढाएका थिए । सोही प्रक्रियाले राष्ट्रिय सभाका अध्यक्षले पनि जवर्जस्ती संसदीय प्रक्रिया अघि बढाएका हुन् । 

तेस्रो बैठकमा काँग्रेस सांसद राधेश्याम अधिकारीले आफ्नो विचार राखिसकेपछि काँग्रेस सांसदहरुले फेरि उठेर विरोध जनाएका थिए । पछि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले राष्ट्रिय चिकित्सा शिक्षा विधेयक २०७५ माथि छलफल गरियोस् भन्ने प्रस्ताव पेश गरे । त्यतिबेलासम्म काँग्रेस सांसदहरुले रोष्ट्रममा पुगेर नाराबाजी गरिरहेका थिए । नाराबाजीकै बीच अध्यक्ष तिमल्सिनाले सबै प्रक्रिया पु¥याएर चिकित्सा शिक्षा विधेयक पारित भएको घोषणा गरी अर्काै बैठक १७ माघसम्मको लागि स्थगित गरेका छन् । 

७ दिन अघि काँग्रेसको अवरोधको कारण नै बस्न नसकी ७ दिनको लागि स्थगित गरेको बैठकक बिहान ११ बजेको लागि बैठक बोलाईएको थियो । सो बैठक सुरु भएसँगै काँग्रेस सांसदहरुले उठेर विरोध गरेका थिए । पछि काँग्रेस मन्त्रीहरुले आफूहरुको माग पूरा नभएको कारण अझैपनि आफूहरुको अवरोध जारी रहेको बताएका छन्। 

गत सोमबार नेपाली काँग्रेसले दोस्रो पटक बोलाईएको संसद् बैठकमा पनि अवरोध गरेको छ । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले आफ्नो माग पूरा नभएसम्म संसद् चल्न नदिने रणनीति अनुरुप दोस्रो पटक पनि बैठक अवरुद्ध गरेको हो ।

काँग्रेसको अवरोध पछि राष्ट्रिय सभा अध्यक्ष गणेश प्रसाद तिमल्सिनाले सोमबारका सबै कार्यसूचीहरु स्थगित गर्दै आगामी बैठक अर्को सोमबार अर्थात् माघ १४ गतेसम्मको लागि स्थगित गरेका थिए ।

काँग्रेसले केही साता अघि मन्त्रिपरिषदमा पठाईएको विभिन्न ११ वटा स्वास्थ्य संस्थाहरुमध्ये ९ वटा स्वास्थ्य संस्थाको अनुमती स्वीकृति गरेको तर, काँग्रेसका सभापतिद्वय गिरिजाप्रसाद कोइराला र सुशील कोइरालाको नाममा खुलेका स्वास्थ्य संस्थाहरुलाई अनुमतीको स्वीकृति नदिएको भन्दै संसद अवरोध गरिरहेको छ ।

साथै, चिकित्सा क्षेत्रको सुधारको लागि अनसनरत डा। गोविन्द केसीसँगको सहमति विपरित चिकित्सा शिक्षा विधेयकको विरोध र केसीको माग पूरा गर्ने माग सहित काँग्रेसले संसद अबरुद्ध गराउँदै आएको छ ।  



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ