arrow

सेज सञ्चालनमा आउने

logo
प्रकाशित २०७६ वैशाख २५ बुधबार
823081010.jpeg
बुटवल । उद्योगमन्त्री सोमप्रसाद पाण्डेयले भैरहवामा रहेको देशको एक मात्र विशेष आर्थिक क्षेत्र (सेज) एक वर्षभित्र सञ्चालनमा आउने बताएका छन् । 

प्रेस चौतारी नेपाल रुपन्देहीले मंगलबार बुटवलमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा उनले सेज सञ्चालनका लागि नीतिगत परिवर्तन गरेर भए पनि चाँडै सञ्चालनमा ल्याइने स्पष्ट पारे । 

उनले सेज स्थापना भएका क्षेत्रमा आवश्यक पूर्वाधार विद्युत्, सडक पानी र सुरक्षा व्यवस्थालगायत व्यवस्थापन गरेर उद्योग आउने वातावरण बनाइने बताए । उनले भने, ‘सेजमा आउन चाहने उद्योगीले जग्गाको भाडा बढी भएको गुनासो आएको छ, त्यसलाई मिलाउन कमिटी बनाएर अगाडि बढ्छौँ ।’ 

मन्त्री पाण्डेले लगातारको बन्दले उद्योगी मारमा परेकाले तिनलाई बैंक ब्याज र भन्सार राजस्व छुट गर्न सकिने बताए । उनले सरकारले बैंकर्ससँग ब्याज छुट गर्न छलफल चलाएको जानकारी दिँदै ब्याजदर छुट भएमा सरकारका तर्फबाट पनि सहुलियत दिन सकिने बताए । 

उनले बुटबलमा धागो कारखाना सञ्चालन गर्न आफू लागिपर्ने जानकारी पनि दिए । उनले भने–‘मैले मेरो कार्यकालमा कुनै पनि सरकारी स्वामित्वका उद्योग निजीकरण गर्दिन ।’ 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ