arrow

करेण्ट लागेर मृत्यु भएका ६ जनाको परिवारलाई सरकारले पाँच लाख दिने

logo
प्रकाशित २०७५ माघ १४ सोमबार

काठमाडौं । जन्ती बसमा करेन्ट लागेर मृत्यु भएका ६ जनाको परिवारलाई उर्जा,जलस्रोत तथा सिंचाई मन्त्रालयले जनही पांच लाख दिने निर्णय गरेको छ ।  उर्जा,जलस्रोत तथा सिंचाईमन्त्री वर्षमान पुन ‘अनन्त’ ले घटनामा मृत्यु भएका परिवारलाई क्षतीपुर्ती दिने र सम्पुर्ण घाईतेहरुको उपचार समेत सरकारले व्यहोर्ने जानकारी दिए ।  

धनुषाको सवैला नगरपालिका ४ कोठिया बल्टीयामा  विवाहको लागी जन्ती गएको बस फर्किने क्रममा करेण्ट प्रवाह भई आगलागी हुंदा ६ जनाको मृत्यु भएको थियो । ना ५ख १७५२ नं को बसले लत्रिएको तारलाई बसले छुने वित्तिकै करेन्ट प्रवाह भएको थियो।  मन्त्री पुनले घटनाप्रती दुखः व्यक्त गर्दै पिडित परिवारलाई क्षतीपूर्ती दिने र घाईतेको सम्पूर्ण उपचार सरकारले व्यहोर्ने बताए ।

करेण्ट लागेर गत शुक्रवार २१ जना घाईते भएका थिए । १९ जना घाईते अस्पतालवाट डिस्चार्ज भई घरमै उपचार गरिरहेका छन् भने् दुई जना हाल अस्पतालमै उपचाररत छन् ।  

कुलमानजी सम्हाल्नुस तार, कतिले ज्यान गुमाउनु पर्ने वारम्वार

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ