arrow

मनाङेले लिए शपथ

logo
प्रकाशित २०७५ माघ १४ सोमबार
dipak-manage.jpeg

पोखरा । गण्डकी प्रदेशसभा सदस्य राजीव गुरुङ (दीपक मनाङे) ले सोमबार पद तथा गोपनीयताको शपथ लिएका छन् ।

उनलाई गण्डकी प्रदेशका सभामुख नेत्रनाथ अधिकारीले नदीपुरस्थित प्रदेशसभा सचिवालयमा शपथ गराए। तत्कालीन नेकपा एमालेको सहयोगमा मनाङ ‘ख’ बाट स्वतन्त्र उम्मेदवारका रुपमा प्रदेशसभा सदस्यमा विजयीभएका उनि शपथ लिनु अगाबै कर्तव्य ज्यान मुद्दामा कारागार चलान भएपछि हालसम्म शपथ हुन सकेको थिएन ।

सर्वोच्च अदालतको आदेशमा पुस ६ गते कारागर मुक्त भएपछि उनले पुस ११ गते प्रदेशसभा सचिवालयमा शपथका लागि निवेदन दिएका थिए । शपथपछि उनले सरकारको कामको आधारमा सहयोग गर्ने बताए। समग्र प्रदेशका साथै आफ्नो निर्वाचन क्षेत्रमा बाटोघाटो, शिक्षा लगायतको विकासमा आफू सक्रिय बन्ने उनले बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ