- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । भारतको मध्यप्रदेशस्थित एज्जैन उन्हेल मार्गमा कार र भ्यान ठक्कर खाँदा १२ जनाको मृत्यु भएको छ ।
टाटा हेक्सा कार र मारुती भ्यान सोमबार मध्यराति १२ बजेतिर ठक्कर खाँदा ठूलो क्षति भएको हो ।
दुवै सवारीमा सवारहरु बिबाहमा सहभागी हुन नागदाको बिरलाग्राम गएका थिए । प्रत्यक्षदर्शीका अनुसार उज्जैनबाट तीव्र गतिमा आएको कारले भ्यानलाई ठक्कर दिएको थियो ।
भ्यान करिब ५० फिट टाढा गएर रोकिएको थियो । पुलिस र एम्बुलेन्सको मद्धतले राति १ बजे मृतक र घाइतेलाई जिल्ला अस्पताल पुर्याइएको थियो ।
मृतकमा भारतीय जनता पार्टीका पूर्व मंडल महामन्त्री अर्जुन कायत पनि रहेका छन् ।
दुर्घटनामा एकै परिवारका पाँच जनाको मृत्यु भएको छ । मृतकहरुमा तीन जना बालबालिका पनि रहेका छन् । मृतकहरु २ वर्षदेखि ४५ वर्षका हुन् ।