arrow

पोखराको फेवातालमा थुप्रिएको माटो पन्छाउन १५ करोड खर्चदै सरकार

logo
प्रकाशित २०७५ माघ १५ मंगलबार
pokhara-2.jpg

कास्की। पोखराको फेवातालको थुप्रिएको माटो पन्छाउन प्रदेश सरकार र पोखरा महानगरले १५ करोड खर्च गर्ने भएको छ। फेवातालमा खहरे खोलाले बगाएर ल्याएको ढुंगामाटोले ताल पुरीन लागेको भन्दै गण्डकी प्रदेशले १० करोड  र पोखरा महानगरले ५ करोड गरी यो बर्षका लागि १५ करोड खर्च गर्ने भएको छ। 

फेवातालमा खहरेले बगाएर ल्याएको ढुंगा माटो जम्मा भएर ताल पुरिने क्रम तिब्र बनेपछि यसलाई हटाउन पोखरा महानगर पालिकाले हिजोदेखि अभियान थालेको हो। खहरे खोलाले बगाएर ल्याएको माटो २० हजार घनमिटर रहेको महानगरका प्रशासकिय अधिकृत शेषनारायण पौडेलले बताए। गौरीघाटमा फिर्केखोलाले बगाएको माटो फाल्ने काम मंगलबारबाट सुरु गरेको छ। 

अध्ययन अनुसार तालमा बर्षेनी १ लाख ४२ हजार मेटिक टन गेग्रयान र माटो थुप्रिदै आएको छ। फेवातालको मुहान क्षेत्रबाट ताल पुरिने क्रम रोक्न चेकड्याम  निर्माण पनि चाडै सुरु गरिने  तथा तालमा मिसिने ढललाई डाइभर्ट गर्न अध्ययन भइरहेको छ। 

फेवातालको चारकिल्ला पहिचान गरी रेखांकन गर्ने काम पनि हुनेछ। फेवातालको संरक्षणका लागि माटो निकाल्ने काम मात्र नगरी बिस्तारै मापदण्ड बिपरीत बनाइएका घरटहरा हटाउने काम पनि सुरु हुनेछ। नापी बिभागको प्रतिबेदन अनुसार २०६४ सालमा तालको गहिराई १८ मिटर, लम्बाई चार किलोमिटर र चौडाई सय मिटरदेखि २ किलोमिटर थियो।

सन १९५७ को नापि अनुसार लगभग २२ हजार रोपनीमा फैलिएको ताल सन् २००० यताका अध्ययनमा क्षेत्रफल घटेर १० हजार रोपनीमा सिमित रहेको तथ्यांक छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ