arrow

मोदी जिताउन चीनको यस्तो चाल 

logo
एजेन्सी
प्रकाशित २०७५ माघ १५ मंगलबार
modi-xi-meet-2018.jpg

काठमाडौं । भारतमा निर्वाचन आउन केही महिनामात्र बाँकी छ यस्तोमा सबै पार्टीहरु निर्वाचन प्रचारमा होमिएका छन् । सत्तारुढ भारतीय जनता पार्टी (भाजपा) सत्ता बचाउने पक्षमा छ भने विपक्षीहरु गठबन्धन बनाएर भए पनि भाजपालाई विस्थापित गर्ने दौडमा छन् । 

भाजपाले निर्वाचन जितेसँगै मुलुकमा पर्याप्त रोजगारी सृजना गर्न नसकेको आरोप विपक्षीले लगाउँदैे आएका छन् । छिमेकी मुलुक चीनमा भने रोजगारीको कुनै समस्या छैन । चीनमा उत्पादन क्षेत्रमा भइरहेका ठूला कामको कारण चीनमा रोजगारीको समस्या कम भएको हो । यस्तोमा चीनले रोजगारी सृजना गर्नको लागि चीनले भारतको सहयोग गर्नसक्ने चिनियाँ सञ्चारमाध्यम ग्लोबल टाइम्सले बताएको  छ । 

चीन फेरि पनि नरेन्द्र मोदी नै सत्तामा आउन् भन्ने चाहन्छ । त्यसैले मोदीको रोजगारी सृजनाको काममा चीनले सघाउने भएको हो ।
 
सम्बन्धमा आउँदैछ सुधार 
डोकलाममा  देखिएको दुई मुलुकको विवाद सकिएको एक वर्षपछि भारत र चीनबीचको सम्बन्धमा सुधार आइरहेको छ । भारतमा केन्द्र सरकार कमजोर छ भन्ने जनसंख्या व्यापक छ । यस्तोमा ग्लोबल टाइम्सले मोदीप्रतिको मानिसको धारणा बदलिने अपेक्षा गरेको छ । यसले उनले आर्थिक सुधारका साथै चीन–भारतको आर्थिक सम्बन्धमा पनि सुधार ल्याउनसक्ने उल्लेख गरिएको छ । 

समस्यामा  भारत 
समाचारमा उल्लेख गरिएअनुसार अहिले भारत समस्यामा रहेको छ । यदि भारतले चिनियाँ लगानीमा कडाइ गरेको खण्डमा त्यसको असर रोजगारीमा पर्नेछ । अहिले चीनको भारतमा लगानी विशेषगरी स्मार्टफोन संयन्त्र निर्माणजस्ता श्रम गहन क्षेत्रमा केन्द्रित छ । चीनले वर्षेनीं बाह्य मुलुकमा उल्लेख्य लगानी गर्दै आएको छ । यस्तोमा भारतले चीनको लगानीको लागि वातावरण बनाउन सकेको खण्डमा रोजगारी सृजनामा सहयोग हुने उक्त प्रतिवेदनमा उल्लेख  छ ।

चिनियाँ सहयोगको आवश्यकता 
प्रतिवेदनका अनुसार निर्वाचनभन्दा पहिला सरकारलाई रोजगारीबारे सकारात्मक नतिजा देखाउनु जरुरी रहेको बताइएको छ । त्यसका लागि धेरैभन्दा धेरै चिनियाँ लगानी भित्र्याउनु जरुरी रहेको बताइएको छ । चिनियाँ लगानी बढाएर मात्र मोदीले आगामी निर्वाचनमा आफूलाई बलियो साबित गर्नसक्ने उक्त प्रतिवेदनमा उल्लेख छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ