arrow

अन्ना हजारे आमरण अनसनमा 

logo
प्रकाशित २०७५ माघ १६ बुधबार
anna-hajare.jpg

काठमाडौं । भारतका चर्चित सत्याग्रही अन्ना हजारे बुधबारदेखि अनसन थाल्दैछन् । केही दिनअघि उनले प्रधानमन्त्री नरेन्द्र मोदीलाई पत्र लेखेर लोकपाल नियुक्त गर्न माग गरेका थिए । 

उनले सरकारले चाह्यो भने लोकपालको नियुक्ति गर्न पाँच वर्ष नलाग्ने बताए । लोकपालको नियुक्तिका लागि प्यानलले चार महिना पहिले बैठक गरेको थियो । 

सन् २०११–१२ मा तत्कालीन युपिए सरकारको विरुद्धमा अन्नाले ठूलो आन्दोलन गरेका थिए । 

अन्नाले मंगलबार लोकपाल कानुन बनेको पाँच वर्ष भएको तर मोदी सरकारले अनेक बहानाबाजी गरेको आरोप लगाए । 

अन्नाले अहिलेको अनसन बिजेपी सरकार विरुद्ध भने नभएको बताए । उनले यो आन्दोलन कुनै व्यक्ति र दलबीच नभएको तर समाज र देशको भलाईका लागि भएको बताए । 

अन्ना हजारेको यसपटकको अनसनमा कुनै पनि राजनीतिक दल सामेल नहुने बताए । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ