arrow

किन चीनमा नै बनाउँछ एप्पलले आईफोन ?

logo
प्रकाशित २०७५ माघ १६ बुधबार
apple-iphone-manufacturing.jpg

काठमाडौं । अमेरिकी प्रविधि कम्पनी एप्पलका धेरै उत्पादनहरु चीनमा निर्माण हुने गरेका छन् । अमेरिकाले चीनमा बनेका उत्पादनमाथिको आयात कर बढाउनेदेखि कडाइ गर्नेसम्मका योजना ल्याउँदा पनि घरेलु कम्पनीले चीनमा नै आफ्ना महत्वपूर्ण उत्पादन गरिरहेको छ ।

बोइङजस्ता ठूला जहाजहरु बनाउने देशले आफ्नो मुलुकमा कम्प्युटर्सको पार्टस् भने बनाउन सकेको छैन । अमेरिकामा यसका लागि आवश्यक संसाधन नभएकोले पनि अमेरिका यो मामिलामा पछाडि छुट्न गएको हो । अमेरिकाको टेक्ससमा एप्पलले स्क्रु नपाएको कारण एप्पलले आफ्नो उत्पादन सन् २०१२ देखि चीनमा सारेको थियो ।

अमेरिकामा दक्ष जनशक्तिको कमी, श्रम शुल्क पनि बढी
अमेरिकामा दक्ष जनशक्तिको अभाव, श्रम शुल्क र उल्लेख्य मात्रामा उपकरणको उपलब्धताको कारण एप्पलले चीनमा नै आफ्ना धेरैजसो उत्पादन बनाउने गरेको छ । यसैको कारण एप्पलले सन् २०१७ मा करीब १८० खर्ब रुपैयाँको व्यवसाय चीनलाई सुम्पिनुपरेको थियो ।

स्क्रुको कमीको कारण केही महिनासम्म एप्पलले आईफोन र कम्प्युटर्सको बक्री रोक्न परेको थियो । भविष्यमा यस्तो समस्या नआओस् भन्नका लागि एप्पलले भारत र भियतनाममा लगानी बढाउने योजना अघि सारेको छ । एप्पलले नर्वे र फिलिपिन्समा बनाइएका उत्पादन पनि चीन पठाउने गरेको छ ।

यसबारे एप्पलका सीईओ टिम कूकले आफ्नो उत्पादनका लागि के गर्नु राम्रो हुन्छ, त्यो आफूहरुले गरिरहेको बताएका छन् । न्युयोर्क टाइम्सका अनुसार पछिल्लो १६ वर्षमा पहिलोपटक एप्पललाई ठूलो धक्का पुगेको छ । एकतर्फ उसको आईफोनको व्यापार अनुमान गरिएभन्दा कमजोर रहँदै आएको छ भने चीनको आईफोन व्यापार पनि निकै कमजोर बन्न पुगेको छ ।

चीनमा एप्पलका पर्टनर्सलाई पनि धक्का
एप्पलका अनुसार कम्पनी चीनमा पछिल्लो समय कम्पनी खासै सफल हुन सकेको छैन । यहाँ एप्पलका समग्र ४० लाख स्टोर्स छन् । चीन विश्वको तेस्रो सबैभन्दा ठूलो बजार हो । २०१८ को दोस्रो अर्धवार्षिक अवधिमा चीनको अर्थतन्त्र सुस्ताउँदै गएको अवस्थामा कूकले २५ वर्षमा सबैभन्दा कमजोर आर्थिक विकासको एप्पलको खुद्रा स्टोर र च्यानल पार्टनर्स पनि प्रभावित बन्न पुगेका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ