arrow

'शहीदहरुको सम्मान भएन'

logo
प्रकाशित २०७५ माघ १६ बुधबार
sahid-prachar.JPG

धनकुटा । शहीद दिवसको अवसरमा बुधबार धनकुटा शहीद स्मृती प्रतिष्ठानले धनकुटामा शहीदको योगदान विषयक विचार गोष्ठी तथा खुल्ला बुद्धिचाल प्रतियोगिताको आयोजना गरेको छ । विचार गोष्ठी तथा  खुल्ला बुद्धिचाल प्रतियोगिताको उद्घाटन गर्दै प्रदेश १ का सांसद लिला सुब्बाले राज्यले अझै पनि शहीदहरुको सम्मान गर्न नसकेको वताए । सांसद सुब्बाले शहीदहरुले देखाएको बाटोबाट हिडेमात्र साचो अर्थमा शहीदहरु प्रति सम्मान हुने वताए ।

शहीद पुत्र तथा धनकुटा शहीद स्मृती प्रतिष्ठानका कार्यवहाक अध्यक्ष कृष्ण गोविन्द्र चेम्जोङ्कको अध्यक्षतमा सम्पन्न भएको  विचार गोष्ठी तथा खुल्ला बुद्धिचाल प्रतियोगिताको उद्घाटन कार्यक्रममा नेपाल प्रेस युनियनका केन्द्रिय उपाध्यक्ष तथा शहीद प्रतिष्ठानका महासचिव विजय सन्तोषी राईले कार्यक्रमको उदेश्यमाथि प्रकाश पार्दै शहीदको योगदान विषयक विषय पत्र प्रस्तुत गरेका थिए ।

कार्यक्रममा निर्माण व्यावसायी संघ धनकुटाका अध्यक्ष अर्जुन केसी लगायतले शहीदको सपना साकार पार्न सवै लाग्नु पर्ने वताए । कार्यक्रममा धनकुटा शहीद स्मृती प्रतिष्ठानका सचिव जयन्द्र प्रधानले स्वागत मन्तव्य व्यक्त गर्नु भएको थियो भने कार्यक्रमको संचालन कोषाध्यक्ष सुमन तिम्सिनाले गरेका थिए ।

नेपाल निर्माण व्यावसायी संघ धनकुटाका अध्यक्ष अर्जुन केसीको सहयोगमा संचालन भएको बुद्धिचाल प्रतियोगितमा २४ जनाले भागलिईरहेको र प्रतियोगिता १७ गते सम्म संचालन हुने भएको प्रतिष्ठानका सदस्य तथा कार्यक्रम संयोजक हरी वहादुर लम्जेले वताए।

कार्यक्रममा धनकुटा उद्योग बाणिज्य संघका कोषाध्यक्ष प्रतिष्ठानका सदस्य रोशेष श्रेष्ठ,प्रतिष्ठानका सदस्यहरु,सुनिल कुमार डंगोल, राम कुमारी भण्डारी,हिमा चेम्जोङ्क,करुणा कटुवाल,ममता थापा,हिले बजार व्यवस्थापन समितिका अध्यक्ष बुद्ध तितुङ्क,पत्रकारहरु रमेश चन्द्र अधिकारी,कविराज घिमिरे,किाश घिमिरे लगायत सहभागीहरुले शहीदहरुप्रति श्रद्धाञ्जली अर्पण गर्दै उनिहरको योगदानको चर्चा गरेर्का थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ