arrow

जनकपुरमा नेविसंघको मसाल जुलुस

logo
किशोर कुमार मंडल,
प्रकाशित २०७५ माघ १६ बुधबार
N_B_2.jpg

जनकपुरधाम । चिकित्सा शिक्षा विद्येयक पारित गरिएको विरोधमा प्रर्दशनमा उत्रिँदा पक्राउ परेका नेविसंघ नेता तथा कार्यकर्ताहरुलाई तत्काल रिहाईको माग गर्दै जनकपुरमा नेविसंघ राराब. ईकाई कमिटिले बृहत्त विरोध प्रदर्शन गरेको छ ।

नेविसंघ राराब ईकाई कमिटि अध्यक्ष सुजित यादवको नेतृत्वमा जनकपुरको रेल्वे स्टेसनबाट निस्केको मसाल जुलुस भानुचोक , शिव चोक हुंदै नगरको विभिन्न भागको परिक्रमा गर्दै जनक चोक पुगेर कोण सभामा परिणत भएको थियो ।

कोणसभालाई सम्बोधन गर्दै नेविसंघका नेता पुष्पेन्द्र गोईतले जनतालाई सुरक्षा दिन नसकेका केपी ओली नेतृत्वको सरकार असफल भएको बताएका छन । उनले निर्मला पन्त हत्यारालाई सरकार संरक्षण दिनमा लागेको बताएका छन ।

कार्यक्रममा तरुण दल धनुषाका उपाध्यक्ष राकेशबिक्रम साहले वाईडबडी घोटालामा लिप्त सरकार गरिब जनतालाई न्याय दिन नसक्नु दुःखद रहेको बताए । उनले नैतिकताका आधारमा सरकारले राजीनामा दिनुपर्ने मांग गरेका छन ।

कार्यक्रममा नेविसंघका नेता संजय यादवले शान्तिपुर्ण आन्दोलनमा प्रहरी हस्तक्षेप खेदजनक रहेको बताए । कार्यक्रममा सयौंको संख्यामा नेवि संघका नेता कार्यकर्ताहरुको उपस्थिति रहेको थियो ।

जुलुस सुरु भए लगतै प्रहरीले हस्तक्षेप गर्न थालेपछि नेविसंघका नेता कार्यकर्ता र प्रहरीबिच केही बेर झडप समेत भएको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ