arrow

पाकिस्तान, श्रीलंका र माल्दिभ्सका राजदूतलाई चीनको 'बीआरआई अवार्ड'

logo
एजेन्सी
प्रकाशित २०७५ माघ १६ बुधबार
china-BRI_awards.jpg

काठमाडौं । चीनले पाकिस्तान, माल्दिभ्स र श्रीलंकाका राजदूतलाई आफ्नो महत्वाकांक्षी योजना बीआरआईमा महत्वपूर्ण सहयोग गरेको भन्दै विशेष अवार्ड प्रदान गरेको छ । 

चिनियाँ सञ्चारमाध्यम ग्लोबल टाइम्सका अनुसार चीनले माल्दिभ्स, श्रीलंका, पाकिस्तान, माल्टा र बोस्निया हर्जगोभिनाका राजदूतलाई सिल्क रोड सुपर एम्बेसडर अवार्ड प्रदान गरेको हो । 

चीन आफ्नो बेल्ट एण्ड रोड इनिसिएटिभ (बीआरआई) को माध्यमबाट समग्र युरोप तथा अफ्रिकालाई समेत जोड्ने दाउमा छ । 
पाकिस्तानको नियन्त्रणमा रहेको काश्मिरबाट चीन–पाकिस्तान आर्थिक कोरिडोर (सीपीईसी) बनाउने तयारीमा चीन रहेको छ । भारतले चीनको यो कदमकोे विरोध गर्दै आएको छ । 

ऋणमा फसाएर मुलुकको सार्वभौमतामाथि आक्रमण गर्ने चीनको नीति रहेको भन्दै विश्वका धेरै मुलुकहरुले आशंका व्यक्त गरिरहेका छन् । चीनले सीपीईसीको विभिन्न योजनामा ६२ अर्ब डलर लगानी गरेको छ । पाकिस्तानले ऋण घटाउनका लागि केही योजना रद्द गर्ने निर्णय गरेको थियो । 

माल्दिभ्स पनि एसियामा बीआरआईमा जोडिएको मुलुक हो । चिनियाँ अधिकारीले बीआरआईको विषयमा ठूलो आशा रहेको बताएका छन् । विगत पाँच वर्षमा चीनले माल्दिभ्सलाई उल्लेख्य आर्थिक सहयोग गरेको बताउँदै चिनियाँ अधिकारीले बीआरआई सफल हुने विश्वास व्यक्त गरे । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ