arrow

प्रदेश प्रमुख कायस्थ र महालेखापरीक्षक शर्मा बिच भेटघाट

logo
निरंजन साह,
प्रकाशित २०७५ माघ १७ बिहिबार
kayesta.jpg

जनकपुरधाम । प्रदेश नम्बर दुईका प्रदेश प्रमुख रत्नेश्वरलाल कायस्थ र महालेखापरीक्षक टंकमणि शर्माबिच भेटवार्ता भएको छ । बिहिबार बिहान भएको सो भेटवार्ताका क्रममा लेखापरीक्षणको कामलाई कसरी प्रभावकारी रुपमा सम्पन्न गर्न सकिन्छ भन्ने बिषयमा एक आपसमा छलफल भएको प्रदेश प्रमुखका प्रेस सल्लाहकार ब्रम्हानन्द ठाकुरले बताएका छन ।
 
भेटवार्ताका क्रममा सवैँधानिक निकायबाट भएको अनुगमण अत्यन्तै सराहनीय रहेको प्रदेश प्रमुखको भनाई थियो । सो भेटमा महालेखापरीक्षक शर्माले आफु सँघ, प्रदेश र स्थानीय तहसँग आवश्यक छलफलका लागि सात वटै प्रदेशको भ्रमणमा निस्केको बताए।

महालेखापरीक्षक शर्माले अहिले प्रदेश नं. १ र २ मा ३ वटा टोलीद्वारा अनुगमनको कार्य भईरहेको र यसबर्ष ६ हजार कार्यालयको लेखापरीक्षण गर्नुपर्ने बताएका छन । एउटा जिल्लामा लेखापरीक्षण गर्न सामान्यता ४५ दिन लाग्ने उनको भनाई थियो । उनले देश तीन तहमा गईसक्दा पनि नेपालमा एउटा मात्र महालेखापरीक्षक हुने व्यवस्था रहेको सुनाउँदै कार्य गर्न कठिनाई भएको भन्दै अब सबै प्रदेशमै महालेखापरीक्षकको कार्यालयहरु संचालनमा ल्याईने समेत बताए ।

साथै उनले प्रदेश भित्रका लेखाको प्रतिवेदन बनाई माननिय प्रदेश प्रमुखलाई बुझाउने, त्यसपछि मुख्यमन्त्री हुँदै प्रदेश सभामा प्रस्तुत गरिने योजना ल्याउन लागेको बताएका छन । भेटका क्रममा उनले स्थानीय तहमा बढी समस्या देखिएको बताएका थिए । उनले प्रदेश प्रमुख तथा मुख्यमन्त्रीसँग भेटघाट गरेका छन भने प्रदेशका सभामुखसँग पनि भेटघाट गर्ने कार्यक्रम रहेका छन ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ