arrow

अस्पतालमा चिकित्सक अभाव

logo
प्रकाशित २०७५ माघ १७ बिहिबार
Doctor-np.jpeg

अमरगढी ।डडेल्धुरामा उपक्षेत्रीय अस्पताल स्थापना भएको चार वर्ष भयो। चार वर्षमा पनि दरबन्दीअनुसारका विशेषज्ञ चिकित्सक नहुँदा बिरामीले सेवा पाउन सकेका छैनन् । उपक्षेत्रीय अस्पताल डडेल्धुरामा १९ विशेषज्ञ चिकित्सकको दरबन्दी छतर हालसम्म एकजना पनि विशेषज्ञ डाक्टर छैनन्।

अस्पतालमा भएका डाक्टर पनि बढी समय बिदा तथा काज सरुवामा जाने भएकाले उपचारमा झनै समस्या हुने गरको सेवाग्राहीको गुनासो छ। विशेषज्ञ डाक्टर नहुँदा डडेल्धुरासहित सुदूरपश्चिम प्रदेशका अन्य सात जिल्लाका बिरामी उपचारका लागि धनगढी अञ्चल अस्पताल, नेपालगञ्ज तथा भारतका विभिन्न अस्पतालमा उपचारका लागि जान बाध्य छन् ।

हाल अस्पतालमा स्त्रीरोग हेर्ने गरी मेडिकल अफिसरको दरबन्दीमा एकजना डाक्टरले काम गरिरहेका छन्। मेडिकल अफिसरकै दरबन्दीमा आफूँ काम गरिरहेको विशेषज्ञ डाक्टरका लागि सरकारसँग पटकपटक आग्रह गरे पनि डाक्टर नपठाइएको अस्पतालका मेडिकल सुपेरिटेन्डेन डा जीतेन्द्र कँडेलले बताए। विशेषज्ञ नहुँदा क्षेत्रीय अस्पतालमा उपचार गर्नै समस्या हुने गरेको उनले बताए। अस्पतालमा मेडिकल अफिसर पदमा १८ को दरबन्दी छ। हाल ११ कार्यरत छन। छ अध्ययन बिदामा रहेको मेडिकल सुपेरिटेन्डेन डा कँडेलले बताए।

सुविधासम्पन्न अस्पताल नहुँदा समस्या

सुदूरपश्चिम प्रदेशको मध्य भागमा र वातावरणका हिसाबले पनि अनुकूल रहेको उपक्षेत्रीय अस्पताललाई सुविधासम्पन्न बनाउन सकिए यहाँका सात पहाडी जिल्लाको स्वास्थ सेवा टेवा पुग्ने स्थानीय बासिन्दा बताउँछन् । सुदूरपश्चिमका पहाडी जिल्लामा सुविधासम्पन्न अस्पताल नहुँदा यहाँ जनताले उपचारका लागि लामो दूरी र बढी खर्च व्यहोर्नु परिरहेको डडेल्धुरा नागरिक समाजका संयोजक रमेश जोशीले बताए।

यतिबेला चिसोयाम भएकाले अधिकांश बालबालिकामा निमोनियाको समस्या देखिने गरेको छ । बालरोग विशेषज्ञ डाक्टर नहुँदा लामो समयदेखि उपक्षेत्रीय अस्पतालमा सेवा सञ्चालन भएको मेडिकल सुपेरिटेन्डेन डा जीतेन्द्र कँडेलले बताए। उनले भने, “विशेषज्ञ नहुँदा एक वर्ष पहिले स्थापना भएको एनआइसियू सेवासमेत सञ्चालनमा ल्याउन सकेका थिएनौँ ।”

सुदूरपश्चिम प्रदेश सरकारको सहयोगमा माघ १ गतेदेखि बालरोग विशेषज्ञ डाक्टर क्षेत्रीय अस्पताल छ। विशेषज्ञ आएपछि एनआइसियू सेवा सञ्चालनमा सहज भएको अस्पतालको दाबी छ। एनआइसियू सेवा सञ्चालन नहुँदा यस क्षेत्रमा जन्मेदेखि २८ दिनसम्मका अस्वस्थ्य बच्चाको उपचारका लागि नेपालगञ्ज वा धनगढी पठाउनुपर्ने बाध्यतालाई सहज हुने डा कँडेलले बताए । दरबन्दीअनुसारका चिकित्सक परिपूर्ति नहुँदा यस क्षेत्रका सेवाग्राहीले सास्ती भोगिरहेका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ