arrow

प्रदेश दुईको राजधानी सार्ने षड्यन्त्रमा नेकपा : उपसभापति निधि

logo
निरंजन साह,
प्रकाशित २०७५ माघ १७ बिहिबार
nidi.jpg

जनकपुरधाम। प्रदेश नम्बर दुईको राजधानी जनकपुरधाम र प्रदेश सरकारको भवन जनकपुर चुरोट कारखाना लिमिटेड (जचुकालि) मै रहने नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले बताएका छन्।

महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरस्थित नेपाली कांग्रेस पार्टी कार्यालयमा बिहीबार पत्रकार सम्मेलनमा नेता निधिले जचुकालिको भवन प्रदेश सरकारका लागि उपयुक्त रहेकाले प्रदेश नम्बर दुईको राजधानी जनकपुर नै रहने बताएका हुन्।

उपसभापति निधिले भने, 'प्रदेश प्रमुखको कार्यालय र आवास, मुख्यमन्त्रीको कार्यालय र आवास, विभिन्न मन्त्रालय र मन्त्रीको आवास, सभा सम्मेलन गर्ने स्थानलगायतका पर्याप्त भौतिक संरचना रहेको जचुकालिको भवनले प्रदेश सरकारको कार्य सञ्चालनमा सहजता हुन्छ।' 

अर्को प्रसंगमा उपसभापति निधिले भने प्रदेश नम्बर दुईको नाम मिथिला भोजपुरा राख्ने र पहिलो भाषा मैथिली तथा दोस्रो भाषा भोजपुरी राख्न पार्ने मा जोड दिएका छन। प्रदेश नम्बर दुईको राजधानी जनकपुरबाट सार्ने उद्देश्यले नेपाल कम्युनिष्ट पार्टीका केही नेताले जचुकालि पुनः सञ्चालन गर्ने हल्ला मात्र फैलाएर  जचुकालिको सम्पत्ति भ्रष्टाचार गर्न तथा बेच्ने षड्यन्त्र गर्न लागिपरेको तर्क राखदै नेपाली कांग्रेसले कुनै पनि हालतमा हुन नदिने उपसभापति निधिले चेतावनी दिएका छन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ