arrow

सेतो बाघका चर्चित कलाकार बिएस राणाको निधन

logo
प्रकाशित २०७५ माघ १८ शुक्रबार
bs-rana.jpg

काठमाडौँ । नेपाली चलचित्र क्षेत्रका चर्चित कलाकार बिएस राणाको शुक्रबार बिहान ७९ वर्षको उमेरमा निधन भएको छ । उनको उपचारका क्रममा आज बिहान शिक्षण अस्पताल महाराजगञ्जमा निधन भएको लेखक तथा कलाकार घनश्याम खतिवडाले जानकारी दिए।

करीब ३० वर्ष बेलायतमा बसेका राणाले त्यहाँ रहँदा विश्वविख्यात साहित्यका शेक्सपियरका नाटकहरुमा अभिनय गरेका थिए । राणाले विसं २०४१ देखि नेपाली चलचित्रमा पनि अभिनय शुरु गर्नु भई दर्जनौँ चलचित्रमा अभिनय गरेका छन्।

उनले अभिनय गरेका दक्षिणा, कोसेली, चिनो, दुई थोपा आँशु, नेपाली बाबु, करोडपति, दर्पण छायाँ–२, सेतो बाघ, हबल्दार, सुन्तली, काफल पाक्यो, सम्बोधन, साथी म तिम्रो, आई एम सरी, दासढुङ्गा, बसन्तीगलगायतका चलचित्र तथा दर्जनँ टेलिचलचित्रमा अभिनय गरेका थिए ।

काठमाडौँ बूढानीलकण्डका स्थायी बासिन्दा राणा केही समयदेखि ललितपुरको भैँसेपाटीमा बस्दै आएका थिए । उनको श्रीमती र तीन छोरी छन् । उनको छोराको भने केही वर्षअघि नै निधन भइसकेको छ । रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ