arrow

पत्रकार लामा ‘कामदा–मिलन’ पत्रकारिता पुरस्कारबाट पुरस्कृत

logo
प्रकाशित २०७५ माघ १८ शुक्रबार
lama1.jpg

काठमाडौं । पत्रकार प्रेम लामा अमेरिकाबाट प्रदान गरिने ‘कामदा–मिलन’ पत्रकारिता पुरस्कारबाट पुरस्कृत भएका छन ।चितवनको पर्यटकीय स्थल पटिहानीमा आयोजित नेपाल पत्रकार महासंघको महिला पत्रकारहरुको राष्ट्रिय भेलामा लामालाई सम्मानसहित ४ सय अमेरिकी डलर (४४ हजार ६ सय १५ ) नगदबाट पुरस्कृत गरिएको हो ।

पूर्व प्रधानमन्त्री एवम् नेकपाका अध्यक्ष पुष्पकमल दाहाल र महासंघका अध्यक्ष गोवन्द आचार्यले उनलाई सम्मान गरेका हुन । सम्मान कार्यक्रममा महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्री थममाया थापा, भरतपुर महानगरपालिकाकी मेयर रेणु दाहाल लगायतको उपस्थिति थियो ।

अमेरिकाको क्यालिफोर्निया राज्यको सान्सफ्रन्सिसकोबाट प्रकाशित हुँदै आएको हलिउडखबर डटकमको दोस्रो वार्षिक उत्सवको अवसर पारेर मोफसलमा रहेर पत्रकारिता गर्दै आएका लामालाई २०१८ डिसेम्बर ९ तारिखका दिन पुरस्कृत गर्ने घोषणा गरिएको थियो ।
 
पत्रकार लामाले पर्साको ठोरीमा बसेर पत्रकारिता मार्फत समाज परिवर्तनको पक्षमा कलम चलाउँदै आएका छन । पत्रकारिता क्षेत्रमा लागेका व्यक्तिहरुको मनोवल उच्च राख्ने आशा सहित पुरस्कारको स्थापना गरिएको कामदा मिलन पत्रकारिता पुरस्कारका फाउण्डर रोशन अधिकारीले जानकारी दिए । आफ्ना स्वर्गिय माता पिताको सम्झनामा पुरस्कार स्थापना गरिएको उनले बताएका हुन ।

मोफसलमा रहेर पत्रकारिता मार्फत समाज परिवर्तनका लागि योगदान पुर्याउने पत्रकारको हौसला बढाउन प्रत्येक वर्ष एक जना पत्रकारलाई सम्मानित गरिदै आएको उनले बताएका हुन । पत्रकार लामा विगत १५ वर्ष देखि पत्रकारितामा सक्रिय छन ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ