arrow

कारबाहीमा ५८ तालिवान र पाँच सैनिकको मृत्यु

logo
प्रकाशित २०७६ वैशाख २५ बुधबार
1778507784.jpeg
काबुल। अफगानिस्तानमा तालिवान आतङ्ककारी विरुद्ध भएको सैनिक कारबाहीमा ५८ जना तालिवान मारिएका अफगान प्रतिरक्षा मन्त्रालयले बुधबार जानकारी दिएको छ ।
यस कारबाहीमा अन्य ३८ जना घाइते भएका पनि सो मन्त्रालयले जनाएको छ । गएको २४ घन्टायताभित्र देशका ३४ वटा प्रान्त मध्ये १० वटामा भएको सैनिक कारबाहीमा ती आतङ्ककारीहरु मारिनुका साथै घाइते भएका बताइएको छ ।
 
सोही समयमा छुट्टछुट्टै इलाकामा आतङ्ककारीले गरेको बारुदी सुरुङ्ग र गोली आक्रमणमा परी पाँच सैनिकले पनि ज्यान गुमाएका मन्त्रालयले जानकारी दिएको छ ।
 
कारबाहीका क्रममा सैनिकले ती इलाकाहरुमा ठूलो सङ्ख्यामा विस्फोटक पदार्थ पनि जफत गरेको जनाएको छ । यस कारबाहीको विषयमा तालिवान आतङ्ककारी समूहले केही टिप्पणी गरेका छैनन् ।
 
सन् २०१४ को अन्त्यमा अफगानिस्तानबाट नेटो सैनिक फिर्ता भइसकेको छ । त्यसपछि पनि तालिवानहरुले हिंसा नरोकेपछि अफगान सैनिकले नै तालिवान विरुद्धको कारबाही जारी राखेका छन् । रासस÷सिन्ह्वा 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ