arrow

भलिबलबारे जान्नैपर्ने १० तथ्यहरु 

logo
प्रकाशित २०७५ माघ १९ शनिबार
volleyball1.jpg

काठमाडौं। भलिबल खेल नेपालमा धेरै खेलिने खेलमध्येको एक हो। एक टोलीमा ६ जना खेलाडी रहने यो खेलको नियमबारे धेरै जानकार छन् तर भलिबलका यी रमाइला तथ्यको विषयमा भने धेरैलाई थाहा नहुन पनि सक्छ – 

१. भलिबल खेलको आविष्कार सन् १८९५ मा विलियम जी मोर्गानले गरेका थिए।

२. पहिलो पुरुष भलिबल विश्व च्याम्पियन्सिप सन् १९४९ मा गरिएको थियो। महिलाके भलिबल विश्व च्याम्पियन्सिप भने सन् १९५२ मा गरिएको थियो।

३. पहिलोपटक सन् १९६४ मा भलिबललाई ओलम्पिक खेलमा समावेश गरिएको थियो।

४. धेरैजसो भलिबल खेलाडी एक खेलमा करिब ३ सय पटक उफ्रिने गर्छन्। 

५. भलिबलका केही विशेशषता टेनिस र ह्याण्डबलसँग मिल्दो छ।

६. दुई जनाको समुद्री किनारामा खेलिने भलिबल सन् १९३० मा पहिलोपटक खेलाइएको थियो।

७. शुरुमा यो खेललाई मिन्टोनेट भनिन्थ्यो। तर, यसलाई परिवर्तन गरी भलिबल बनाइएको हो।

८. यो खेलका लागि तयार पारिएको विशेष किसिमको बल सन् १९०० मा सार्वजनिक गरिएको थियो।

९. अहिले विश्वमा भलिबल दोस्रो सबैभन्दा लोकप्रिय खेल हो। भलिबलभन्दा अगाडि केवल फुटबल मात्र छ।

१०. सबैभन्दा लामो भलिबल खेल उत्तरी क्यारोलिनामा खेलिएको थियो। यो खेल सकिन ७५ घण्टा ३० मिनेट लागेको थियो।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ