arrow

अमेरिका मध्यम दूरीको आणविक हतियार सन्धिबाट फिर्ता हुने घोषणा

logo
एएफपी,
प्रकाशित २०७५ माघ १९ शनिबार
INFTreaty.jpg

वासिङ्टन, संयुक्त राज्य अमेरिका। शीत युद्धकालीन समयमा अमेरिका र रूसबीच भएको महत्वपूर्ण मध्यम दूरीको आणविक हतियार सन्धि (आइएनएफ) बाट फिर्ता हुने अमेरिकाले घोषणा गरेको छ।

अमेरिकाले सन्धिको रूसी पक्षबाट उल्लङ्घन भइरहँदा अमेरिकालाई यो सन्धिको पालना गर्न बाध्यकारी अवस्था नहुने बताएको छ।

शनिबारदेखि लागुहुने गरी संयुक्त राज्य अमेरिकाले आइएनएफ सन्धिका शर्त तथा नियमलाई नमान्ने र क्रमशः यसबाट फिर्ता हुने प्रक्रिया थाल्ने बताइएको छ। 

आइएनएफबाट फिर्ता हुने प्रक्रिया आगामी छ महिनामा पूरा गर्ने अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले जारी एक विज्ञप्तिमा बताइएको छ।

यसैबीच उत्तर एटलान्टिक सन्धि संगठन (नेटो) ले अमेरिकाले आइएनएफ सन्धिबाट फिर्ता हुनेगरी गरेका निर्णयको पूर्णतया समर्थन गर्ने जनाएको छ।

नेटोद्वारा जारी विज्ञप्तिमा भनिएको छ, “नेटोमा सम्लग्न अमेरिका सहयोगी राष्ट्रहरूले आइएनएफबाट फिर्ता हुने निर्णयलाई पूर्णतया समर्थन गर्नेछ।”



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ