arrow

ट्रम्पले शुरु गरे २०२० को निर्वाचनको तयारी 

logo
एजेन्सी
प्रकाशित २०७५ माघ १९ शनिबार
donald-trump.jpg

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो दोस्रो कार्यकालका लागि तयारी शुरु गरेका छन् । अमेरिकी राष्ट्रपतिका क्याम्पेन एण्ड एफिलिएटेड कमिटिले २०१८ को अन्तिम तीन महिनामा २ करोड १० लाख डलर कोष जम्मा गरेका छन् ।
 
यससँगै ट्रम्प २०२० मा हुन गइरहेको राष्ट्रपति निर्वाचनमा चक्रमा प्रवेश गरेका छन्  । अमेरिकी सञ्चारमाध्यमहरुले दिएको जानकारीअनुसार अहिलेसम्म ट्रम्पको आगामी निर्वाचनको प्रचारको लागि १२ करोड ९० लाख डलर जम्मा गरिएको छ । यो रकम कुनै पनि पदमा नै रहेका राष्ट्रपतिको लागि अहिलेसम्मकै सबैभन्दा बढी हो । 

नोभेम्बरमा भएको मध्यावधि निर्वाचनमा रिपरिब्लकन पार्टीले बहुमत ल्याएको थियो । गत वर्षको अन्तिम समयमा आंशिक बन्द गरी मेक्सिको सीमामा पर्खाल रोक्ने निर्णय गरेको भए पनि ट्रम्प अझै बलियो अवस्थामा देखिएका छन् । 

एफईसीको आँकडाअनुसार करीब ७५ प्रतिशत कोष २ सय डलरभन्दा कम सहयोग गर्ने मानिसबाट जम्मा गरिएको थियो । यसअघिका राष्ट्रपतिले भने कोष जम्मा गर्न मध्यावधि निर्वाचनको प्रतीक्षा गरेका थिए । ट्रम्पले भने चुनाव जितेको केही समयमा नै यसको तयारी शुरु गरेका हुन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ