arrow

अब छिटै आपतकालीन अवस्था लागू हुन्छ : ट्रम्प 

logo
एजेन्सी
प्रकाशित २०७५ माघ १९ शनिबार

काठमाडौं । अमेरिकाका  राष्ट्रपति डोनाल्ड ट्रम्पले आफू अब छिटै अमेरिकामा आपतकालीन अवस्था लागू गर्ने दिशामा अग्रसर रहेको बताएका छन् । ट्रम्पले अवैध आप्रवासी रोक्नका लागि दक्षिणी सीमामा पर्खाल लगाउने पैसा जुटाउन आपकालीन घोषणा गर्ने तयारीमा रहेको बताएका हुन् । 

आपतकालीन अवस्था घोषणा गरेसँगै ट्रम्प संसदको सहमति विना नै पर्खाल लगाउन सक्छन् । साथै उनले आपतकालीन राहत कोषको पैसा पनि दक्षिणी मेक्सिको सीमामा लगाउन पाउनेछन् । 

ट्रम्पले सीबीएस न्युजको ‘फेस द नेशन’ कार्यक्रममा सीमा सुरक्षामा विपक्षी डेमेक्रेटसँग वार्ता गर्नु समयको बर्बादी रहेको बताए । उनले अमेरिकी प्रतिनिधि सभाकी अध्यक्ष नैन्सी पेलोसीमाथि खराब राजनीति गरेको आरोप लगाए । उनी खुला सीमाको पक्षमा रहेको र उनलाई मानव तस्करीको कुनै चिन्ता नै नरहेको आरोप पनि लगाए । 

ट्रम्पले पेलोसी यो पर्खाको विषयमा आफ्नो अडानको कारण मुलुकमाथि अर्बौं डलरको बोझ थपिरहेको आरोप पनि लगाए । ट्रम्पले डेमोक्रेट्समाथि सीमा सुरक्षा नचाहेको आरोप लगाए । उनले यदि आफूले पर्खालको विषयमा राम्रो कुरा लिएर गएको खण्डमा पनि कुरा नमिल्ने भएकोले आपकालीन अवस्था धोषणा गर्ने पक्षमा पुगेको बताए । 

पेलोसीको कार्यालयले भने ट्रम्पमाथि धृष्टतापूर्ण बयान दिएको आरोप लगाएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ