arrow

रेल दुर्घटनामा ६ जनाको मृत्यु, नौ डिब्बा उछिट्टिए लिकबाट

logo
प्रकाशित २०७५ माघ २० आइतबार

काठमाडौं । भारतको बिहारमा रेल दुर्घटना हुँदा कम्तिमा ६ जनाको मृत्यु भएको छ । आइतबार बिहान स्थानीय समय अनुसार ३ः५८ बजे जोगबनीबाट आनन्द बिहार जाँदै गरेको सीमाञ्चल एक्सप्रेसको रेल बैशालीमा दुर्घटना भएको हो ।

Five coaches of Seemanchal Express derailed in Vaishali

रेल जोगबनीबाट छुटेको ६ मिनेटमै दुर्घटनामा परेको हो । 

Five coaches of Seemanchal Express derailed in Vaishali

दुर्घटनामा रेलका नौ डिब्बा लिकबाट उछिट्टिएका छन् । पूर्वमध्य रेलवेका एक अधिकारी राजेश कुमारले दुर्घटनामा ६ जनाको मृत्यु भएको र धेरै यात्रु घाइते भएको जानकारी दिएका छन् ।

Five coaches of Seemanchal Express derailed in Vaishali

धेरै यात्रुहरु डिब्बामा फसेका छन् । उनीहरुको उद्धारकार्य जारी छ ।

Five coaches of Seemanchal Express derailed in Vaishali



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ