arrow

'सूर्यवंशी' मा अक्षय कुमार

logo
प्रकाशित २०७५ माघ २० आइतबार
akshaya.jpg

काठमाडौं । रोहित शेट्टीको नयाँ चलचित्र 'सूर्यवंशी'को शुटिङ सुरु भएको छ । उनले सामाजिक सञ्जालमार्फत् चलचित्रको सुटिङ शुरु भएको जानकारी दिएका हुन् । सो चलचित्रको प्रमुख भूमिकामा अक्षयकुमार रहेका छन् ।
 
उक्त चलचित्रमा अक्षर कुमारको भूमिका आतंकवादविरोधी स्क्वाडको प्रमुख रहेको छ । उनले यसअघि खेलेका देशभक्तिबारे चलचित्रमा विभिन्न अफिसरको भूमिका निकै राम्रो तरिकाले निभाएका थिए । यो चलचित्रमा भने उनको प्रस्तुती कस्तो हुने हो भन्ने हेर्न बाँकी छ ।
 
रोहित शेट्टी आफ्नो एक्सन चलचित्रमा लागि चर्चित छन् । विशेषगरी अक्षरकुमारलाई रोहित शेट्टीजस्ता निर्देशकसँग काम गर्दाको समय धेरैले प्रतीक्षा गरेका छन् ।  रोहित शेट्टीले यसअघि सिंबाका साथै दिलवाले, सिंघम, चेन्नई एक्सप्रेस, गोलमाल सिरिज, बोल बच्चन र अल द बेस्टजस्ता चलचित्र दिइसकेका छन् ।

उनका सबै चलचित्रहरु बक्स अफिसमा राम्रो चल्ने गरेका छन् । उनले अहिलेसम्म सबैभन्दा धेरै काम अजय देवगनसँग गरेका छन् । अब अक्षयकुमारसँगको कामले उनको चलचित्र कत्तिको हिट गराउँछ भन्ने हेर्न बाँकी छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ