arrow

गुल्मीमा जीप दुर्घटना : ठाकुर सापकोटा र पुतली ठकुरीको मृत्यु

logo
कौरव खत्री,
प्रकाशित २०७५ माघ २० आइतबार
Gulmi-hamrakura.jpg.jpeg

गुल्मी। गुल्मीको मुसिकोट नगरपालिका ८ वामी मैदानमा जीप दुर्घटना हुदा २ जनाको मृत्यु भएको छ भने दुई जना गम्भीर घाइते भएका छन् । ८३५७ ग १ च नम्वरको ठाकुर सापकोटाको गाडी मैदान चौपारीबाट करिव १ सय ५० मिटर तल खसेको छ ।

दुर्घटनामा परी गाडी मालिक मुसिकोट नगरपालिका ८ निवासी अन्दाजी ३० बर्षीय ठाकुर सापकोटा तथा सोही नगरपालिका  ८ निवासी नै ५५ बर्षीय पुतली सिङ्ग ठकुरीको मृत्यु भएको छ ।

दुर्घटनामा गुल्मी मुसिकोट नगरपालिका ८ निवासी ५५ बर्षीय हरिकला कार्की र बाग्लुङ्ग दगातुम्डाँडा घर भइ वामी मैदान दिदी भेट्न आएका १४ बर्षीय कमल कार्की घाइते भएका छन् ।

घाइते दुवै जनाको अवस्था गम्भीर रहेको र उनीहरुलाई वामी मैदान स्थित शहरी स्वास्थ्य केन्द्रमा प्राथमिक उपचार गरि थप उपचारको लागि वामीटक्सार पठाइएको छ ।

गाडी दुर्घटना विहान करिव १० बजेको समयमा भएको प्रहरी चौकी वामीका प्रमुख परमेश्वर चौधरीले जानकारी दिए । गाडी वामी मैदानबाट वामीटक्सार जाने क्रममा मैदान स्थित चौपारी निरबाट तल खसेको हो । गाडी चालकले नभइ गाडी मालिकले चलाएका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ