arrow

गगनको चेतावनी : 'काँग्रेस के हो अब देखाउँछौं, आश्चर्य चकित बन्ने पालो सरकारको' (भिडियो)

'मनमोहनको नाममा नदेखिएको दुइतिहाई माफियाको पक्षमा देखिएकोमा सरकारलाई बधाई'

logo
प्रकाशित २०७५ माघ २० आइतबार

काठमाडौं । नेपाली काँग्रेसका नेता गगन थापाले प्रतिपक्ष कहाँ छ ? भनेर प्रश्न गर्ने सरकारलाई प्रतिपक्ष के हो ? भनेर देखाउने चेतावनी दिएका छन् । आईतबार प्रतिनिधि सभामा बोल्दै नेता थापाले आफूहरु जिम्मेवार प्रतिपक्षको हैसियतमा सदनलाई धेरै दिनसम्म बन्दी बनाउन नहुने देखेर संसद चल्न दिने निष्कर्षमा पुगेको भन्दै सरकारलाई अब सदन र सडकबाट समेत प्रतिपक्षको परिचय दिइने चेतावनी दिएका छन् । 

उनले सरकार आफूसँग रहेको मनमोहन अधिकारीका लागि दुई तिहाई खर्च नगरेको भन्दै केवल एउटा मार्सीमोहनको लागि दुई तिहाईको शक्ति खर्च गरेकोमा सरकार बधाईको पात्र रहेको समेत नेता थापाले बताए । पूर्वप्रधानमन्त्री मनमोहन अधिकारीको नाममा रहेको कमरेड मनमोहनको लागि दुई तिहाई देख्न पाईएन 
कमरेड मार्सिमोहनको लागि दुई तिहाई देख्न पाईयो । 

पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल नेतृत्वमा रहेको मन्त्रिपरिषद्ले चिकित्सा शिक्षा अध्ययन राष्ट्रिय प्रतिष्ठानको नाम परिवर्तन गरेर मनमोहन चिकित्सा शिक्षा अध्ययन राष्ट्रिय प्रतिष्ठान बनाऔं भन्ने कुरा अहिले संसदमा आएर कानून बनाउन मात्रै बाँकी छ । पूर्व प्रधानमन्त्री मनमोहनको लागि दुई तिहाई देख्न नपाए पनि ‘मार्सीमोहन’ को लागि दुई तिहाई देख्न पाएको भन्दै उनको आरोप छ । 

नेता थापाले दुई तिहाई सरकारले एउटा लडेको सत्याग्ररी डाक्टरलाई उठाएको भएपनि प्रधानमन्त्रीको विश्वास उठाउन नसकेको आरोप लगाए । उनले भने ‘१५ सय जति नेपालीहरु डाक्टरी पढ्न विदेन जाने गरेका थिए । डा. केसीले भने नेपालमा प्रवेश परीक्षा पास गरेकाहरुलाई मात्रै विदेशमा अध्ययनको लागि जान दिने व्यवस्था गर्नुपर्छ भनेर । अघिल्ला सरकारहरुले त्यो व्यवस्था लागू गर्दा ती मध्ये १२ सय भन्दा बढी विद्यार्थी त अयोग्य रहेछन् ।’ 

एक सय सिट पढाउने अनुमती पाएका मेडिकल कलेजहरुले नक्कली डाक्टर र नक्कली विद्यार्थी खडा गरेर दुई सय जनासम्म पठाईरहेको कुरामा डा. केसीले विरोध गरेर १०० सिटमा मात्रै ल्याएको भन्दै नेता थापाले सरकारले यस्ता माफिया र गिरोहहरुलाई खुशी गराएर आफू बधाईको पात्र बनेको टिप्पणी गरे । 

‘भूमिहिनलाई भोग चलनको लागि जग्गा दिने र १० वर्षपछि उनीहरुलाई बेचविखनको लागि समेत अधिकार दिनेगरी कानून बनाऔं भन्ने प्रस्तावमा दुई तिहाई देख्न पाईएन, शिक्षा र स्वास्थ्यमा राज्यको भूमिका बढाऔं भन्दा त्यहाँ दुई तिहाई देख्न पाईएन ।’ नेता थापाले भने ‘ दुई तिहाई केवल व्यक्तिगत स्वार्थमा सीमित भएको चिकित्सा शिक्षा विधेयक पारितमा स्पष्टसँग देखियो ।’

उनले सरकार प्रधानमन्त्रीले भनेजस्तै वितण्डतावादी तर्क देखेर अवश्य पनि आश्चर्यमा परेको दाबी गरे । कञ्चनपुरकी निर्मला पन्तको हत्यारा पत्ता लाग्न नसकेको अवस्थामा त्यो भन्दा गम्भीर र विभत्स रुपमा रुपमति दासको सामूहिक बलात्कार भएको छ र यसमा सरकार मौन छ । यसबाट पनि दुनियाँ आश्चर्यमा परेको आरोप लगाए । 

‘पहिलो पटक व्यापारीहरु सडकमा आईरहेका छन् । पहिलो पटक प्रधानमन्त्रीको ठाउँबाट मिथ्यांकमात्रै होईन की तथ्यांकलाई नै तोडमोड गरेर संसदमा आर्थिक सूचकहरु प्रस्तुत हुन्छ । त्यो गलत तथ्य विरुद्ध बोल्दा सबै संस्थालाई सानो कोठरीमा राखेर आफू पानीमाथिको ओभानो बन्न थालेको छ । यसमा कुनै अन्तराष्ट्रिय संस्थाले अर्काे तथ्यांक प्रस्तुत गर्दा त्यसलाई धम्काएर आफ्नै मिथ्यांकलाई गलत मानिएको छ । यस्तो देखेर जनता आश्चर्यमा पर्ने नै भए ।’ थापाले भने ।  

उनले एउटा अन्तराष्ट्रिय विवादित संस्थाको लागि सरकारले देशको बेईज्जती गर्दा सरकार मौन रहेकोमा दुख व्यक्त गर्दै थापाले भेनेजुयलाको बारेमा अनावश्यक रुपमा बोलेर नेपालमा नयाँ संकट सिर्जना गरेको आरोप समेत लगाएका छन्।


 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ