arrow

आणविक हतियार सन्धिबाट फिर्ता हुनु बेठीक : चीन

logo
सिन्ह्वा,
प्रकाशित २०७५ माघ २० आइतबार
china-flag.png

बेइजिङ, चीन। अमेरिकाले दशकौँ पहिले रूससँग गरेको मध्यम दूरीको आणविक हतियार सन्धि (आइएनएफ)बाट फिर्ता हुने निर्णय गर्नु बेठीक भएको चीनले जनाएको छ। शनिबार चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता गेङ सुवाङले भने, “चीनले अमेरिकाद्वारा आइएनएफ सन्धिबाट फिर्ता हुने निर्णयप्रति असहमति जनाएको छ र अमेरिका र रूसले यसबारे देखिएका आफ्ना भिन्नतालाई रचनात्मक वार्ताका माध्यमबाट सही तरिकाले समाधान गर्न आग्रह गरेको छ।”

संयुक्त राज्य अमेरिकाका विदेशमन्त्री माइक पोम्पेओले शुक्रबार अमेरिकाले शनिबारदेखि लागु हुनेगरी सन्धिलाई अमान्य घोषणा गरेको बताएका थिए। अमेरिकाले यस सन्धिबाट फिर्ता भएको जनाएपनि यसबाट प्रक्रियागत रूपमा बाहिरिन कम्तिमा छ महिनाको समय लाग्नेछ। उक्त अमेरिका तथा तत्कालिन सोभियत संघबीचको शीत युद्धका समय सन् १९८७ मा गरिएको थियो।

हतियार नियन्त्रण तथा निशस्त्रीकरणका लागि महत्वपूर्ण मानिने अमेरिका र तत्कालिन सोभियत संघबीच भएको सन्धिले विश्वका प्रमुख शक्तिराष्ट्रबीचको सम्बन्धलाई सहजिकरण गरेको, क्षेत्रीय तथा अन्तर्राष्ट्रिय शान्तिलाई प्रोत्साहन गरेको तथा विश्वव्यापी रणनीतिक सन्तुलन र राजनीतिक स्थायित्वका लागि सुरक्षित रहेको चीनको धारणा रहँदै आएको छ, गेङले भने।

“एकतर्फी रूपमा अमेरिकाले गरेको यो निर्णयले ऋङ्खलावद्ध रूपमा नकारात्मक नतिजा निम्त्याउने सम्भावना रहेको बताउँदै चीनले यसबाट विकसित घटनाक्रमलाई सावधानीपूर्वक पछ्याउने छ ” उनले भने।

उनलाई नयाँ बहुपक्षीय सन्धिका सम्बन्धमा चीनको अडान के रहेको छ भन्ने प्रश्नमा उनले भने, “चीन सन्धिको बहुपक्षीयकरणको विपक्षमा रहेको छ।”



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ