arrow

विशेष आर्थिक क्षेत्रसम्बन्धी विधेयक प्रस्तुत

logo
प्रकाशित २०७५ माघ २० आइतबार
sez-special-economic-zone.jpg

काठमाडौं। प्रतिनिधिसभाको आजको बैठकमा विशेष आर्थिक क्षेत्र पहिलो संशोधन विधेयक, २०७५ प्रस्तुत भएको छ। बैठकमा उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादवले उक्त विधेयक प्रस्तुत गरेको हो। यसअघि उक्त विधेयकलाई सदनमा प्रस्तुत गर्न अनुमति माग्ने प्रस्तावमाथि सांसद प्रेम सुवालले प्रस्तुत गरेको विरोधको सूचनालाई बैठकको बहुमतले अस्विकृत गरेको थियो।

बैठकले राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विधेयक, २०७५ लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाएको छ। बैठकमा प्रतिनिधिसभाका सचिव गोपालनाथ योगीले ‘राष्ट्रिय चिकित्सा शिक्षा विधेयक, २०७५’ को सम्बन्धमा राष्ट्रियसभाबाट प्राप्त सन्देश पढेर सुनाएका थिए।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ