arrow

गुप्तचरहरुको ब्रिफिङमा ट्रम्पले भने 'नेपाल र भुटान भारतको अंश हो' 

सच्याउन खोज्ने अधिकारीलाई दिए कूटनीति पढ्न सुझाव

logo
प्रकाशित २०७५ माघ २० आइतबार
trump21.jpg

काठमाडौं । सत्तारुढ नेकपाले अमेरिका विरोधी अभिव्यक्ति दिएको एक साता पछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नेपाल र भुटानलाई भारतको अंश रहेको विवादास्पद भनाई व्यक्त गरेका छन् । आफ्ना गुप्तचर अधिकृतहरुसँगको भेटका क्रममा ट्रम्पले नेपाल र भुटानलाई भारतको एक अंश मानेका हुन् ।

शनिबार बेलायतबाट प्रकाशित हुने टाईम्स पत्रिकामा छापिएको एक रिपोर्टमा उनले यस्तो बताएको उल्लेख छ । रिपोर्टका अनुसार अमेरिकी गुप्तचर समूहले दुई वर्षको अनुसन्धान रिपोर्ट पेश गर्ने कार्यक्रम थियो । सो कार्यक्रममा उनीहरुले नेपाल र भुटानको विषयमा पनि आफ्नो अनुसन्धान पेश गरेपछि उनले नेपालको सवालमा ‘त्यो नेपाल त सीमा मात्रै फरक हो तर, भारत कै अंश होईन र ?’ भनेका थिए । 

ट्रम्पले भुटानलाई भारतको उपनिवेश भएको देशको रुपमा व्याख्या गरेपछि अनुसन्धान अधिकृतहरुले नेपाल र भुटानको विषयमा ट्रम्पको बुझाईलाई सच्याउने प्रयास गरेका थिए । त्यतिबेलासम्म नेपाल र भुटान एउटा स्वयत्त देश हो भन्ने समेत उनलाई हेक्का नभएको कुरा ट्रम्पको सचिवालयका एक अधिकारीलाई उदृत गर्दै टाइम्सको रिपोर्टमा उल्लेख गरिएको छ । 

अर्काे तर्फ इरान, साउदी अरब जस्ता देशहरु बारे अनुसन्धान अधिकृतहरुले गरेको ब्रिफिङ पछि ट्रम्पले ती अधिकारीहरुलाई केही पनि थाहा नभएको भन्दै फेरि कूटनीति पढ्न जान सुझाव दिएका थिए । ट्रम्पको यो अभिव्यक्तिपछि ती अधिकारीहरु मौन बसेका थिए । 

यो विषय ट्रम्पको अनविज्ञता कै कारण भएको हुनसक्छ । तर, नेपाल र अमेरिकाबीच चुलिएको राजनीतिक असमझदारीताको समयमा आएको ट्रम्पको यो अभिव्यक्तिलाई नेकपा अध्यक्ष प्रचण्डको अभिव्यक्तिको केही दिनपछि आएकोले कतै त्यसैको असर त होईन भन्ने आशंका पनि उठ्ने गरेको छ । तर, यो विज्ञप्तीको कारण भन्दा पनि ट्रम्पको अनविज्ञताको कारणले नै भएको हुनसक्ने आकलन गर्ने गरिएको छ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ