arrow

जेष्ठ नागरिकलाई कम्मलसहित सम्मान

logo
प्रकाशित २०७५ माघ २१ सोमबार
jeata-nagarik.jpg

डडेल्धुरा । डडेल्धुरा अमरगढी नगरपालिका वडा नं ६ ले जेष्ठ नागरिकलाई कम्मल सहित सम्मान गरेको छ । १ सय २१ वर्षीया जेष्ठ महिला पार्वती देवी खड्कालाई  दोसल्ला र कम्मल प्रदान गरि जिल्ला समन्वय समितीका प्रमुख गणेशराज भट्टले सम्मान गरेको वडाध्यक्ष गोविन्द राज भट्टले वताए । खड्का १९५५ सालमा जन्म मिती रहेको डडेल्धुरा जिल्ला प्रशासनवाट प्रदान गरिएको उनको नागरिकतामा उल्लेख गरिएको छ ।

अमरगढी नगरपालिका वडा न ६ ले जेष्ठ नागरिक पार्वतीदेवी खड्कालाई कम्मल बितरण गरेको छ । सरकारले आफु जस्तै अन्य जेष्ठ नागरिकलाई सम्मान गर्दा  सरकारको अनुभुती गाउममा भएको जेष्ठ नागरिक खड्काको भनाई रहेको छ । खड्कासगैं वडा भित्रका अन्य ७० वर्ष माथिका जेष्ठ नागरिकहरुलाई सम्मान गरेको वडा कार्यालयले जनाएको छ ।

वडामा रहेका ७० बर्ष उमेर पुगेका जेष्ठ नागरिकहरुलाई कम्मल वितरण गरेको हो । पुरुष जेष्ठ नागरिक तिर बहादुरराम टमटालाई समेत वडा ले सम्मान गरेको जनाएको छ । वडा भित्रका १ सय ५ जना जेष्ठ नागरिक लाई कम्मल बितरण गरिएको वडा अध्यक्ष भट्ट्ले जानकारी गराए । वडाले १ लाख ५० हजार रकम विनियोजन गरि जेष्ठ नागरिक लाई सम्मान स्वारुप कम्मल वितरण गरेको हो ।

वडामा ७० बर्ष उमेर पुगेका जेष्ठ नागरिकको संख्या १ सय ५ रहेकाले डेढ लाख रकम अपुग भए पनि थप गरि सबैलाई वितरण गरिएको वडा अध्यक्ष भट्टले बताए । न्यानु लुगाले मात्रै जेष्ठहरुको सम्मान नहुने र उनिहरुका हरेक सुझाव सल्लाह र मार्गनिर्देशनलाई पालना गर्दा मात्रै जेष्ठहरुको सम्मान हुने जिल्ला समन्वय समितीको प्रमुख भट्टले सम्मान वितरण गर्ने क्रममा वताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ