arrow

काखको छोरो गुमाएपछि आक्रोशित अभिभावकले फोडे सिटी अस्पताल

logo
प्रकाशित २०७५ माघ २१ सोमबार
birta-city.jpg

झापा  । दुई वर्षीय बालकको मृत्यु भएपछि मृतकका अभिभावक र स्थानीयवासीले बिर्तामोडस्थित बिर्ता सिटी हस्पिटलमा तोडफोड गरेका छन्। अस्पतालको लापरबाहीले  २ वर्षीयका जेनित राजवंशीको उपचारका क्रममा मृत्यु भएको भन्दै बिर्ता सिटी हस्पिटलमा तोडफोड गरेका हुन् ।

मेचीनगर नगरपालिका–४ चारआलीका राजवंशीको मृत्यु भएसँगै स्थानीयवासीले आइतबार राति करिब १० बजे अस्पताल तोडफोड गरेको प्रहरी कार्यालय झापाले जनाएको छ। आक्रोशित आफन्त र स्थानीयवासी तोडफोडमा उत्रिएपछि नियन्त्रण गर्न प्रहरीले अश्रुग्यास प्रहार गरी लाठी चार्ज गरेको जिल्ला प्रहरी कार्यालय झापाका एसपी भीमप्रसाद ढकालले बताए ।

झाडापखला लागेका जेनितलाई उपचारका लागि साँझ ७ वजे अस्पताल ल्याइएको थियो। आकस्मिक कक्षमा राखिएको जेनितलाई नर्सले इन्जेक्शन दिएको केही समयपछि मृत्यु भएको आफन्तको दाबी छ। घटनाले उग्र रुप लिएपछि जनप्रतिनिधिले मृतकका आफन्त र गाउँवासीलाई सम्झाएर वार्ताको वातावरण निर्माण गरेका थिए।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ