arrow

स्मार्टफोनमा ब्याट्रि नटिक्ने र स्लो हुने समस्या छ ? तत्कालै परिवर्तन गर्नुहोस् यी सेटिङ

logo
प्रकाशित २०७५ माघ २१ सोमबार
mobile.JPG

काठमाडौं । स्मार्टफोनका प्रयोगकर्ताको संख्या विश्वभर बढ्दो क्रममा छ । यस्तोमा विभिन्न किसिमको सुविधाको लागि मानिसहरुले नयाँ नयाँ एपहरु इन्स्टल गर्ने गर्छन् । यसले स्मार्टफोनको स्पिड र ब्याट्रिमा पनि असर पर्न सक्छ ।

यस्तोमा मोबाइलमा रहेको डेभलपर अप्सन नामक फिचर्स लुकेको छ । यो अप्सन एन्ड्रोइड मोबाइललाई एप बनाउन र यसलाई मोबाइलमा परीक्षणको लागि काम गर्न सहयोग पुग्नेछ । यसलाई मोबाइल सेटिङमा गएर चालू गर्न सकिन्छ ।

कसरी शुरु गर्ने यो फिचर ?
– सबैभन्दा पहिला मोबाइलको सेटिङमा जाने
– एबाउट फोन अप्सनमा जाने
– एबाउट फोन अप्सनमा ब्युल्ट नम्बर वा एमआईयूई भर्सन भेटिन्छ । यदि कुनै अप्सन नभेटिए ‘ट्याब ७ टाइम्स टु इन्टर डेभलपर मोड’ भन्ने अप्सन आउँछ । त्यसमा ७ पटक थिच्ने ।
– ७ पटक थिचेपछि स्मार्टफोनमा डेभलपर अप्सन शुरु हुन्छ ।
– पुनः होम स्क्रिनमा जाने र फेरि सेटिङमा आउने ।
– अब यहाँ डेभलपर अप्सन भेटिनेछ ।
– यदि त्यहाँ नभेटिएको खण्डमा फोनको सेटिङभित्र एडिस्नल सेटिङमा गएपछि पक्कै पनि देखिन्छ ।

यसका फाइदाहरु
१. यूएसबी डिबगिङ

यसको प्रयोग मोबाइललाई कम्प्युटरसँग कनेक्ट गर्न देखिएको समस्या समाधान गर्न गरिन्छ । यदि फोनलाई कम्प्युटरसँग कनेक्ट गराउनमा केही समस्या आएको खण्डमा यूएसबी डिबगिङ विकल्पलाई अन गर्नुपर्छ । यो अप्सन अन गरेपछि मोबाइल कम्प्युटरसँग कनेक्ट हुन्छ । त्यसपछि सहजै मोबायइलबाट कम्प्युटरमा फाइलहरु पठाउन र हाल्न सकिन्छ ।

२. वाइफाइसँगै मोबाइल डाटा पनि चालू राख्न
यदि मोबाइलमा वाइफाइ अन गर्दा मोबाइल डाटा आफैं अफ हुन्छ भने यो फिचरले काम गर्न सक्छ । यस्तोमा मोबाइल वाइफाइ क्षेत्रबाट बाहिरिँदा आफैं मोबाइल डाटा खुल्छ र यसले काम शुरु गर्छ ।

३. ब्याकग्राउण्ड एपको गतिविधि बन्द गर्न
धेरै एपहरु यस्ता हुन्छन्, जसलाई बन्द गरेपछि पनि ब्याकग्राउण्डमा एक्टिभ देखिन्छन् । यस्तोमा मोबाइलको ब्याट्रि पनि खाइरहेका हुन्छन् । यसबाट बच्न डेभलजपर अप्सनमा ‘डन्ट किप एक्टिभिटिज’ विकल्प छ । यसलाई अन गरेसँगै बन्द गरिएका एप ब्याकग्राउण्डमा चल्ने समस्या समाधान हुन्छ ।

४. चार्ज गर्दा पनि स्क्रिन अन राख्न
मोबाल चार्ज गर्दा केही समयपछि आफैं स्क्रिन अफ हुन्छ । यसलाई अन राख्न चाहनेका लागि यसमा रहेको ‘स्टे अवेक’ सेटिङ अन  गर्नुपर्छ । त्यसपछि सधैं चार्ज गर्दा मोबाइलको स्क्रिन अन हुन्छ । यद्यपि केही कम्पनीहरु यो अप्सन हटाउने तयारीमा छन् ।

५. मोबाइल, एप वा विन्डो खोल्न लाग्ने समय कम गर्न
यदि तपाइँको मोबाइल स्लो छ र कुनै पनि एप खुल्न धेरै समय लाग्छ भने पनि यसको समाधान एभलपर अप्सनमा छ । यो समस्यालाई समाधान गर्न विन्डो एनिमेसन स्केलमा जानुपर्छ । तपाइँको मोबाइल स्लो भइरहेको छ भने एनिमेसन स्केल १एक्समा हुन्छ । त्यसलाई ५एक्स मा गरिदिनुहोस्, यदि एनिमेसन स्केल ५एक्समा छ भने जेरोमा गरिदिनुहोस् । यसबाट विन्डो खुल्ने समय समय कम हुन्छ ।

६. कम र्‍याममा चलाउन सकिन्छ हेभी गेम
यदि फोनमा र्‍याम कम छ र हेभी ग्राफिक्सवाला गेम चलाउन चाहनुहुन्छ भने यो फिचर्स निकै महत्वपूर्ण हुन्छ । यसका लागि ‘फोस्र्डली’ वा फोर्स इनेबल ४एक्स एमएसएएलाई शुरु गर्नुपर्छ । यसबाट गेमको स्पिड पनि ४ गुणासम्म बढ्न सक्छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ