arrow

सरकार विरुद्ध तात्यो स्याङ्जा काँग्रेस,‘जनतालाई ढाटेर शासन गर्न कम्युनिष्ट सफल’

logo
श्रीकृष्ण सिग्देल,
प्रकाशित २०७५ माघ २१ सोमबार
birod-ryali-sangaya.jpg

स्याङ्जा। देशभर काँग्रेस सरकार विरुद्ध सडक आन्दोलन गरिरहेका बेला स्याङ्जा काँग्रेस पनि तातेको छ। नेपाली का“ग्रेसको आव्हानमा सरकार बिरुद्ध शुरु भएको सडक आन्दोलनका क्रममा स्याङ्जा का“ग्रेसले जिल्ला सदरमुकाममा बृहत र्‍याली प्रदर्शन गरेको छ। सरकार बिरुद्ध कडा नारा लगाउ“दै का“ग्रेस समर्थित कार्यकर्ताले सदरमुकामका प्रमुख भागको परिक्रम गरेका थिए।

प्रदर्शन पश्चात सदरमुकामको मुलचोक शहिदचोकमा भएको कोणसभालाई सम्बोधन गर्दै नेपाली का“ग्रेसका केन्द्रिय सदस्य अर्जुन जोशीले संसारबाट पतन उन्मुख कम्यूनिष्टहरु जनतालाई ढा“टेर शासन गर्न सफल भएको बताए। नेपालका कम्यूनिष्ट पनि सम्बृद्धि नारा लगाएपनि भ्रष्टाचारमा लिप्त रहेको आरोप लगाए।

“जनताले बिरामी हुदा“ सिटामोल खान पाएका छैनन्, पानीजहाज र रेल कुरा गरेर टुक्का हालेकै भरमा देश बन्दैन्।” नेता जोशीले भने, सम्बृद्ध नेपाल ल्याउने तर्फ सरकारले एक वर्षमा कुनै काम नगरेर खालि भाषण मात्र गरेको हिडेको छ।” का“ग्रेस सडकमा आउनु रहर नभएर सरकारले जनअपेक्षित काम नगरेकाले बाध्य भएको जोशीले बताए।

संसदीय मर्यादाको धज्जी उठाउन उद्यत कम्यूनिष्टहरु विकासको साटो भाषणमा केन्द्रित भएको जोशीले आरोप लगाए। “विकासमा नाममा एक वर्षमा ढलेको सिन्को उटाउनु छैन्।” उनले भने, “पानीजहाज, रेल र घर–घरमा ग्या“स पुर्‍याउने ठूला भाषण गरेर मात्रै देश बन्दैन्।” 

कोणसभामा बोल्दै अर्का केन्द्रिय सदस्य धनराज गुरुङ्ले कम्यूनिष्ट सरकार बनेको एक वर्षमा निर्मला पन्तका हत्याराको संरक्षण, वाईड बडी खरिदमा भ्रष्टाचार, जनताको ढाड सेक्ने गरि कर बृद्धि र जनतालाई महंगी थोपरेको बताए।

“भ्रष्टाचारीको अनुहार पनि समेत हेर्दिन भन्ने प्रधानमन्त्री आफ्नै क्याबिनेटका मन्त्रीले दोहोरो सुविधा लिदा के हेरेर बसेका छन् ?” नेता गुरुङ्ले प्रश्न गर्दै भने, “वाईड बडी काण्डमा किन निरिह भए कतै वाईड बडी खरिदको कमिशन प्रधानमन्त्री कोडको खल्तिमा गयो ?” हत्या, बलात्कार, लुटको संरक्षणमा सरकार लागेकाले जनता असुरक्षित बन्दै गएको उनको भनाई थियो।

सरकारमा बसेकाले भेनेजुएलाका नाममा विज्ञप्ती जारी गरेर देशलाई अस्थिरता तर्फ धकेल्ने काम गरेको नेता गुरुङ्ले बताए। “एउटा कुटनैतिक सम्बन्ध नभएको भेनेजुएलाका नाममा विज्ञप्ती प्रकाशित गरेर दातृ निकाय अमेरिकालाई विच्काउने काम भएको छ। गुरुङ्ले थपे, “नेकपा नेताहरु आफ्नै देशको लिपु लेकमा भारतीय सेना आउंदा चुप लाग्ने अरुका बारेमा विज्ञप्ती जारी गर्दै बस्ने सुहाउ“छ।”

सभामा संविधानसभा सदस्य राजु थापा, राष्ट्रिय सभाका पूर्व सदस्य खगेन्द्रराज रेग्मी, गण्डकी प्रदेश सांसद मेखलाल श्रेष्ठ, नेपाल महिला संघका केन्द्रिय उपाध्यक्ष सरस्वती तिवारी, महिला नेतृ माया रानाले सरकारले विगतमा गरेको वाचा अनुसार काम गर्न नसकाले का“ग्रेसले खबरदारी गर्न सडकमा आएको बताए। का“ग्रेस स्याङ्जाका कार्यबहाक सभापति बुद्धिबहादु राना ‘कुमार’ को सभापतित्वमा भएको कोणसभाको संचालन पार्टी प्रबक्ता ईन्द्रबहादुर गोदारले गरेको थिए भने स्वागत क्षेत्रिय सभापति तुल्सिराम रेग्मीले गरेका थिए। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ