arrow

गुगलका ४६ प्रतिशत कर्मचारी भन्छन् – तलब सन्तोषजनक छैन

logo
प्रकाशित २०७५ माघ २२ मंगलबार
pechai.jpg

काठमाडौं । अल्फाबेटको गुगलका ४६ प्रतिशत कर्मचारीले कम्पनीको तलब सन्तोषजनक नरहेको बताएका छन् । कम्पनीले गरेको वार्षिक सवेक्षणको क्रममा ५४ प्रतिशत कर्मचारीले मात्र तलब सन्तोषजनक रहेको बताएका थिए । अघिल्लो वर्षको सर्वेक्षणमा कम्पनीका ६४ प्रतिशत कर्मचारीले तलब सन्तोषजनक रहेको बताएका थिए ।

विश्वको सबैभन्दा धेरै नाफा कमाउने इन्टरनेट कम्पनीको पडक पछिल्लो समय भने केही कमजोर बन्दै गएको देखिएको छ । कम्पनीका सीईओ सुन्दर पिचाइमाथिको कर्मचारीको विश्वास पनि अघिल्लो वर्षको तुलनामा घटेको सर्वेक्षणमा देखिएको छ ।पिचाइले भविष्यमा गुगललाई नेतृत्व दिन सक्नेमा विश्वास गर्ने पनि १८ प्रतिशत कम भएका छन् । गत वर्ष ९२ प्रतिशतले पिचाइको नेतृत्वमा भविष्य देखेकोमा यस वर्ष भने ७४ प्रतिशतले यस्तो मत राखेका हुन् ।

गुगलले सार्वजनिक गरेको आन्तरिक नतिजा अनुसार कर्मचारीमा कम्पनीप्रतिको  विश्वास छ वर्षकै कमजोर देखिएको हो । गत नोभेम्बर महिनामा गुगलका कर्मचारीहरुले यौन उत्पीडनको विषयलाई लिएर विरोध प्रदर्शन गरेका थिए ।

सर्वेक्षणमा ६६ प्रतिशतले गुगलको प्राथमिकता सही रहेको बताएका थिए । ७५ प्रतिशतले पिचाइको रणनीतिले उत्कृष्ट काम गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरेका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ