arrow

हार्दिक पाण्डेय, केएल राहुल र करण जोहरविरुद्ध मुद्दा

logo
प्रकाशित २०७५ माघ २३ बुधबार
karan1.jpg

काठमाडौं । भारतीय क्रिकेट टिमका खेलाडीहरु हार्दिक पाण्डेय, केएल राहुल र फिल्मका निर्माता करण जोहरविरुद्ध भारतको एक लुणी प्रहरीचौकीमा मुदा दर्ता भएको छ । करण जोहरको टक शो ‘कफी विद करण’मा महिलाविरुद्ध गरिएको टीप्पणीलाई लिएर यो मुद्दा दायर गरिएको हो ।
 
यो मुद्दालाई लिएर पाण्डेय र राहुललाई टिमबाट पनि निलम्बन गरिएको थियो । यद्यपि जाँच पूरा हुनेसमयसम्मका लागि भने निलम्बन हटाइएको थियो । लुणी प्रहरी चौकीका बंशीलाल वैष्णवले उक्त शोमा अश्लील टिप्पणी गरिएको भन्दै मुद्दा दायर गरिएको जानकारी दिएका छन् ।

प्रतिवेदनमा उल्लेख गरिएअनुसार उनीहरुले टेलिभिजन शोको क्रममा महिलामाथि अश्लील टिप्पणी गरेका थिए । साथै देशका महापुरुषको पनि अपमान गरेको बताइएको छ । यसमा भारतीय संविधान निर्माता डा. भीमराव अम्बेडकर पनि छन् ।

उजुरीकर्ताका अनुसार टक शोमा भएको टिप्पणीको कारण उनीहरुको भावनामा ठेस पुगेको छ । यसपछि आवश्यक परेको खण्डमा उनीहरुलाई नोटिस जारी गरेर गिरफ्तार गरिने प्रहरीले बताएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ