arrow

स्टेजबाटै हाम फाले बलिउड अभिनेता रणवीर, फ्यान घाइते

logo
प्रकाशित २०७५ माघ २३ बुधबार
ranbir-kapoor.jpg

काठमाडौं । बलिउड अभिनेता रणवीर सिंह आफ्नो आगामी चलचित्र 'गल्ली ब्वाय' को प्रचारमा रहेका छन् ।  हाई एनर्जी भएका रणवीर स्टेजबाटै हाम फालेपछि फ्यानहरुलाई भारी परेको छ ।

हालै रणवीर मुम्बइमा आयोजना गरिएको एक कार्यक्रममा पुगेका थिए । उनि त्यहाँ आफ्नो चलचित्रको प्रमोशन गर्न पुगेका हुन् । सो समय रणवीर  स्टेजमा चढेसँगै तल उभिएका दर्शकमाथि हाम फाले ।

रणवीरको सो जम्पका कारण तल उभिएका दर्शकलाई चोट लाग्यो । सो घटनाको सामजिक सञ्जालमा माजकको बिषय बनेको छ ।  सामजिक सञ्जाल प्रयोगकर्ताले रणवीरलाई लेखेका छन् '' रणवीर अब केटाकेटी जस्तो हर्कत बन्दगर '

उक्त घटना बारे भारतीय पत्रिकाले एक तस्विर छापेको छ । जसमा रणवीरले हामफालेपछि एक महिला भुइमा लडेकी छन् ।  वास्तवमा चलचित्र कलाकारको यस्तो कृयाकलापबाट दर्शक भने हैरान हुने गरेका छन् ।

यसअघि पनि रणवीरले 'गल्ली ब्वाय' को अर्को एक कार्यक्रममा यस्तै हाम फालेका थिए । रणवीरको चलचित्र 'गल्ली ब्वाय' आउदो भ्यालेन्टाइन डेको अवसमा रिलिज हुदैछ । चलचित्रमा रणवीरसँगै आलिया भट्ट पनि मुख्य भूमिकामा रहेकी छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ