arrow

रक्षामन्त्रीले भनेको 'पाँच दिन' कहिले आउँछ संसदमा गगनको प्रश्न

logo
प्रकाशित २०७५ माघ २३ बुधबार
gagan-thapa-new-FNL-p.jpg.jpeg

काठमाडौं। सांसदहरुको प्रश्न र सम्बन्धित मन्त्रीहरुको उत्तर गराउने अभ्यास प्रतिनिधि सभाले शुर गरेको छ। सांसदहरुले लिखति रुपमा संसद सचिवालयमा प्रश्न राखेपछि आवश्यक्ता अनुसार प्रश्नोत्तर गराउनेछ।

त्यसैक्रममा गृहमन्त्री रामबहादुर थापाले बुधबार प्रतिनिधिसभा सांसदहरुको प्रश्नहरुको उत्तर दिने क्रममा कांग्रेसका सांसद गगन थापाको ‘उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेलले पाँच दिनभित्र सार्वजनिक गर्ने घोषणा केही समय अगाडि गरेका थिए, तर अपराधी किन पत्ता लागेनन्’ भन्ने प्रश्नमा उपप्रधानमन्त्री पोखरेलले छिट्टै पत्ता लाग्छ भन्ने आशय हुनसक्ने भन्दै प्रश्नलाई पन्छाएका थिए।

उनले गृहमन्त्रालयलाई उपप्रधानमन्त्रीको उक्त भनाईको कुनै आधिकारिक जानकारी नभएको पनि बताएका थिए।

कांग्रेस सांसद देवेन्द्रराज कंडेलले गृहमन्त्रीलाई भक्तपुरको काँडाघारीमा  बिस. २०७५ साउन २१ गते निशान खड्काको हत्यामा संलग्न भनिएका गोपाल तामाङ र अजय तामाङलाई किन ईन्काउण्डटर गरिएको प्रश्न गरेका थिए।

जवाफमा गृहमन्त्री थापाले प्रहरीले आत्मसुरक्षाका लागि गोली चलाउँदा उनीहरुको मृत्यु भएको जानकारी दिएका थिए।

आत्मरक्षाका लागि प्रहरीले गोली चलाउन पाउने भन्दै कांग्रेस सांसद बालकृष्ण खाँडको प्रश्न ‘ ईन्काउण्टरको आदेश कसले दिन्छ ?’ भन्ने प्रश्नलाई गृहमन्त्रीले उत्तर दिएका थिए।

निर्मला पन्तको बलात्कार र हत्यारा सिंहदरबार र बालुवाटारमा लुकेको भन्दै कहिले पक्राउ पर्छन भनेर कांग्रेस सांसद डिला संग्रौलाले प्रश्न गरेकी थिईन्। उनको प्रश्नमा गृमनत्रि थापाले हत्यारा जहाँसुकै भए पनि पक्राउ पर्ने भनेर उत्तर दिएका थिए।

कञ्चनपुरको १३ वर्षीया बालिका पन्तको बलात्कारपछिको हत्या पासविक र जघन्य घटना भएकाले सरकारले विशेष चासो दिएर छिटोभन्दा छिटो अपराधी पत्ता लगाउन लागिपरेको जानकारी दिए। उनले उक्त घटनाको अनुसन्धान जारी रहेको र विगतमा सो घटनामा कमजोरी गर्ने प्रहरी अधिकारीलाई समेत कारवाहीको दायरामा ल्याइएको स्पष्ट पारे।

सांसद दीलेन्द्रप्रसाद बडूले सरकारले शान्तिपूर्णरुपमा माग राख्ने माथि अनावश्यक बल प्रयोग गरेको भन्दै किन त्यस्तो गरिएको हो भन्ने प्रश्न गरे। उनको प्रश्नमा गृहमन्त्री थापाले सरकार र गृह प्रशासनमा त्यस्तो जानकारी नआएको बताए।

नेकपा सांसद महेश बस्नेतले निर्मला पन्त प्रकरण केही गैरसरकारी संस्था र मानवअधिकारवादीलाई कमाई खाने भाँडो र प्रमुख प्रतिपक्षी दललाई राजनीति गर्ने मेसो मिलेको भन्दै सरकारले शीघ्र अपराधी पत्ता लगाउने विश्वास व्यक्त गरे।

 

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ