arrow

तिहार पछि भाडामा बस्नेको आन्दोलन

logo
हाम्रा कुरा
प्रकाशित २०७७ पुष १७ शुक्रबार
1405290225.jpeg
काठमाडौ । भाडावाला सरोकार समाज, नेपालले विनासकारी भुकम्प र भारतको अघोषित नाकाबन्दीको मारमा परेका भाडामा बस्ने नागरिकहरुको समस्या तत्काल समाधान नगरे तिहारपछि आन्दोलन थाल्ने भएको छ । 

रिपोर्टर्स क्लब नेपालमा मंगलबार पत्रकार सम्मेलन गर्दै समाजका अध्यक्ष विष्णुजंग बस्नेतले भुकम्पमा घरभेटीले क्षतिपूर्ति पाएपनि लाखौको संख्यामा भाडामा बस्ने नागरिकले क्षतिपूर्ति नपाएको उल्लेख गर्दै नाकाबन्दीले तेल र ग्यास नपाएको अवस्थामा घरभेटीले समेत कोठमा दाउरा लगायतका बैकल्पिक ईन्धन प्रयोग गर्न नदिएको गुनासो गरे ।

समाजले ग्यास र तेलसहितका आवश्यक दैनिक सामग्रीको तत्काल प्रवन्ध मिलाउन, भाडावालालाई हिटर, स्टोभ र आगो बाल्न नदिने घरभेटीलाई कारवाही गर्नु पर्ने, भाडावालाको लागि सामूहिक भोजनको ब्यवस्था गर्नु पर्ने, कालोबजारी गर्नेलाई कारवाही गर्नु पर्ने, भुकम्प पिडित डेरावालालाई क्षतिपूर्ति दिनुपर्ने, भाडाबाल आयोग गठन गर्नु पर्ने, संविधान संसोधन गरेर भाडावालाको हक संरक्षण गरिनु पर्ने, तीन महिनाको शिक्षा शुल्क र ब्याज मिनाहा गर्नु पर्ने माग अघि सारेको छ । 

पत्रकार सम्मेलनमा समाजका उपाध्यक्ष जगत तामाङ्गले भाडावालहरु भुकम्प, नाकाबन्दी र घरभेटिको कारण पीडामा परेको बेला राज्य मुकदर्शक भएको भन्दै राज्यलाई ब्यूताउन आन्दोलन अनिवार्य भईसकेको दावी गरे । उनले दैनिक रोजी गरेर खाने डेरवाला र भाडामा कोठा लिएर ब्यवसाय गर्नेहरुको माग संबोधन नगरी मुलुक स्थिरतातर्फ जान नसक्ने तर्फ सरकारलाई सचेत गराए । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ