arrow

प्रेमीको धोका सहन नसकी २१ वर्षे नायिकाले गरिन् आत्महत्या

logo
प्रकाशित २०७५ माघ २४ बिहिबार
naga-jhasi.jpg

काठमाडौं । प्रेमीले धोका दिएपछि एक नायिकाले आत्महत्या गरेकी छिन् । भारतको तेलुगु टीभी नायिका नागा झाँसीले बुधबार आत्महत्या गरेकी हुन् । 

२१ वर्षीया झाँसीले घरमा पंखामा झुण्डिएर आत्महत्या गरेकी हुन् । हैदराबादलको श्रीनगर कोलनीमा रहने उनले प्यारमा धोका पाएपछि आत्महत्या गरेको भारतीय संचारमाध्यमले लेखेका छन् । 

झाँसीले पवित्र बन्धनसहित थुप्रै टिभी सिरियलमा काम गरेकी थिइन् । झाँसीसंग उनका भाइ दुर्गाप्रसाद बस्दथे । दुर्गा बाहिर भएका बेलामा झाँसीले आत्महत्या  गरेकी हुन् । 

पुलिसले अनुसन्धान गरिरहेको बताएको छ । शव पोष्टमार्टम हुँदैछ । 

पुलिसले उनको मोबाइल कब्जामा लिएको छ । तनावका कारण केही दिनदेखि उनी सुटिङमा गएकी थिइनन् । 

उनका नजिकका मानिसहरुका अनुसार पछिल्लो ६ महिनादेखि उनको नातेदार सूर्यासंग प्रेम अफेयर थियो । 

झाँसीले सूर्यासंग बिहे गर्न खोजे पनि सूर्याले नमानेपछि सम्बन्ध तोडिएको थियो । 

झाँसीका भाइका अनुसार घरमा उनको अफेयरबारेमा जानकारी थिएन । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ