arrow

ई– सिग्रेट पिउँदा विष्फोट, उपचारका क्रममा ब्राउनको मृत्यु

logo
प्रकाशित २०७५ माघ २४ बिहिबार
brown.JPG

काठमाडौं । वास्तविक धूमपानभन्दा केही कम असर गर्ने भएकाले युवापुस्तामा ई–सिग्रेटको प्रयोग बढ्दो मात्रामा छ । यद्यपि ई–सिग्रेट प्रयोगको क्रममा ध्यान नदिए तत्कालै ज्यान पनि जान सक्ने एक घटनाले देखाएको छ ।

अमेरिकाको टेक्ससमा ई–सिग्रेट पिउने क्रममा एक व्यक्तिको ज्यान गएको छ । प्रयोग गरिरहेको क्रममा ई–सिग्रेट विष्फोट भएपछि अस्पताल पुर्‍याइएका उनको उपचारका क्रममा ज्यान गएको हो । २५ औं जन्मदिन मनाउन गइरहेका विलियम ब्राउन नाम गरेका व्यक्तिको गत जनवरी २९ मा ज्यान गएको अमेरिकी समाचार संस्था सीएनएनले बताएको छ ।

गत जनवरी २७ मा एक स्टोरमा ई–सिग्रेट विष्फोट भएको थियो । ब्राउन उक्त स्टोरमा ई–सिग्रेटको प्रयोगबारे समस्या समाधानको लागि स्टोरमा गएका थिए तर उनले केही किनेका भने थिएनन् । उक्त स्टोरमा उक्त ब्राण्डको ई–सिग्रेट भने थिएन ।

विष्फोटपछि ब्राउनलाई तत्कालै अस्पतालमा भर्ना गरिएको थियो । ई–सिग्रेट विष्फोटको कारण उनको घाँटीमा चोट पुगेको पाइएको थियो । विष्फोटपछि ई–सिग्रेटको तीन टुक्रा ब्राउनको घाँटीमा पाइएको थियो । उनका परिवारले भने डक्टरले सही ढङ्गले उपचार नगरेको कारण उनको ज्यान गएको आरोप लगाएको छ ।

ई–सिग्रेट तथा भेप पेन ब्याट्रिबाट चल्ने डिभाइस हुन् । यिनीहरुले एरोसोलको प्रयोग गरी नियमित सिग्रेटको धुवाँ निकाल्ने गर्छन् । एक अध्ययनमा १० मध्ये एकभन्दा बढी वयस्क व्यक्तिले ई–सिग्रेटको प्रयोग गर्ने गरेको पाइएको थियो ।

सन् २००९ देखि २०१६ सम्ममा अमेरिकामा अहिलेसम्म १ सय ९५ भन्दा बढी ई–सिग्रेट विष्फोटको घटनाहरु आइसकेका छन् । गत मे महिनामा पनि ई–सिग्रेट विष्फोटबाट एक व्यक्तिको ज्यान गएको समाचार सार्वजनिक भएको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ