arrow

समिट एयरद्वारा शान्ति शिक्षा अभियान नेपालसँग हातेमालो

logo
प्रकाशित २०७५ माघ २४ बिहिबार
maharjan.jpg

काठमाडौं ।  समिट एयरले सामाजिक सस्था शान्ति शिक्षा अभियान नेपालसँग सामुदायिक बिद्यालयहरुमा शैक्षिक प्रगतिका लागि सस्थाको कार्यक्रम मार्फत आर्थिक सहयोग गरेको छ। बुधबार एयरलाइन्सको केन्द्रीय कार्यालयमा आयोजित एक समारोहका बीच एयरलाइन्सका मार्केटिंग प्रमुख मंजनी श्रेष्ठले सस्थाका अध्यक्ष रबिन्द्र महर्जनलाई चार लाख असि हजार आठसय पैसठ्ठी रुपियाको चेक हस्तान्तरण गरे।
 
कार्यक्रममा एयर्लाइन्सले आफ्नो कम्पनिको ब्याबसायीक सामाजिक उत्तरदायित्व अन्तर्गत प्रति यात्रु रु ५ का दरले बर्षभरि जम्मा हुन आएको रकम सस्था मार्फत शिक्षा क्षेत्रमा उपयोग गर्न पाउदा खुसि ब्यक्त गरे। उनले आगामी दिनमा पनि सस्थासगको साझेदारी कायमै रहने प्रतिबद्धता ब्यक्त गरे।
 
सोहि समारोहमा सस्थाका अध्यक्ष रबिन्द्र महर्जनले निजि तथा सामाजिक सस्थाको साझेदारीमा सामुदायिक बिद्यालयहरुको शैक्षिक गुणस्तर उकास्न सकिने बिश्वाश ब्यक्त गर्दै सहयोगको लागि समिट एयर परिवारलाइ हार्दिक धन्यबाद दिए।
 
उनले सस्थाले २०७२ सालको भुकम्प पश्चात २४ वटा सामुदायिक बिद्यालय भवन पुनर्निर्माण गरि हस्तान्तरण भैसकेको र आबश्यक फर्निचरको समेत ब्यबस्था गरि सकिएको जानकारी गराए। उनले समिट एयरबाट प्राप्त रकम सिद्धिपुर स्थित भानोदय आधारभूत बिद्यालयमा महालक्ष्मी नगरपालिकाको स्वीकृतिमा निजि स्रोतबाट एक बर्षका लागि एक जना शिक्षक ( स्कुल ब्यबस्थापक) को तलबमा खर्च गर्ने र उक्त शिक्षकले अध्यापन गराउनुको अलावा सामुदायिक बिद्यालय प्रशासनलाइ चुस्त दुरुस्त राख्न पनि मद्दत गर्नेछन्।

 कार्यक्रममा अध्यक्ष महर्जनले सस्थाले सामुदायिक बिद्यालयको शैक्षीक गुणस्तर वृद्धिको लागि भौतिक पूर्वाधार, शिक्षक तालिम र देशी बिदेशी स्वयम्सेवकहरु परिचालन कार्यक्रमहरु काठमाडौँ, ललितपुर, काभ्रे र दोलखामा संचालन भैरहेको र समिट एयर जस्ता ब्याबसायिक कम्पनीहरुको सहयोग पाए अझ धेरै योगदान दिन सकिने आशा ब्यक्त गर्नु भयो। समिट एयरको कार्यालयको हलमा संचालित कार्यक्रममा कम्पनिका विभिन्न बिभागमा कार्यरत कर्मचारीहरुको बाक्लो उपस्थिति रहेको थियो।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ