arrow

'वाईडवडीमा भन्दा ठूलो भ्रष्टाचार बुढीगण्डकीमा भएको छ, छानविन होस्'

logo
प्रकाशित २०७५ माघ २५ शुक्रबार
Ram_bahadur_bista_copy.jpg

काठमाडौं । नेपाली काँग्रेसका सांसद राम बहादुर विष्ट वाईडबडी काण्डमा भन्दा ठूलो भ्रष्टाचार बुढीगण्डकी जलविद्युत आयोजना चिनियाँ कम्पनीलाई दिनको लागि भएको आरोप लगाएका छन् । शुक्रबार प्रतिनिधि सभामा शुन्य समयमा बोल्दै नेता विष्टले वाईडबडी भ्रष्टाचारको विषय सेलाउन नपाउँदै त्यो भन्दा ठूलो भ्रष्टाचार बुढीगण्डकीमा भएको भन्दै छानविनको माग गरेका हुन् । 

सांसद विष्टले नेपाल आफैं बनाउन सक्षम रहेको १२ सय मेगावाटको बुढीगण्डकी जलविद्युत आयोजनाको लागि सबै तयारी भईरहेको बेलामा सरकारले एक्कासी विना प्रतिस्पर्धा चिनियाँ कम्पनी गेजुवाको जिम्मा दिईनुले यसमा ठूलो भ्रष्टाचारको गन्ध आएको आरोप विष्टको छ । उनले यसमा कतिसम्मको भ्रष्टाचार भयो होला ? भन्दै सरकारको ध्यानाकर्षण गराएका छन् । 

असोज ५ गते चाइना गेजुवा ग्रुप कम्पनीलाई बुढीगण्डकी आयोजना बनाउन दिने मन्त्री परिषदले निर्णय गरेको थियो । बुढीगण्डकीको सम्बन्धमा सरकारले गरेको निर्णय प्रचलित कानुनसंगत नदेखिएको, सार्वजनिक खरिद ऐनलाई उल्लंघन गरेको, खुल्ला प्रतिस्पर्धा नगराएको, नेपालको जलविद्युत क्षेत्रमा असफल सावित चिनियाँ गेजुवा ग्रुप कम्पनीसँग हचुवाको भरमा एमओयु गरिएकोले यो प्रक्रिया खारेज गर्नुपर्नेमा काँग्रेसले धेरै पहिलेदेखि नै यसमा विरोध गर्दै आएको छ । 

सरकारले यो निर्णयगरेपछि मात्रै पटक पटक सरकारले काँग्रेसले संसदमा नै यस विषयमा विरोध जनाउँदै आएको छ । निर्णय पछि असोज १० गते संसदको विशेष समयमा बोल्दै काँग्रेस नेता गगन थापाले यसको विरोध गरेका थिए । 'यो ८–९ महिनामा अध्ययन गर्दै गर्दाको नेपालको अवस्था  र अहिलेको अवस्थामा के बदलियो रु जसको कारणले गर्दा सरकारले यो निर्णय गर्‍यो रु सम्माननीय सभामुख महोदय, सरकारले आफ्नो पैँसाले नबनाउने र ऋण लिएरै गर्नुपर्छ भन्ने लागेको भएपनि हाम्रो एउटा प्रश्न छ ।' थापाले भनेका थिए 'एक अरब खर्च भएको छ, अध्ययन गर्नका निम्ति । यति खर्च गरेर अध्ययन गरिसकेपछाडि, त्यो अध्ययनका आधारमा अन्तर्राष्ट्रिय प्रतिस्पर्धा गराएको भए अन्तर्राष्ट्रिय अनुभवका आधारमा र हाम्रो अनुभवका आधारमा करिब १० देखि १५–१६ अथवा १८ प्रतिशतसम्म खर्च घट्थ्यो । लागत घट्थ्यो । अर्थात् एउटा तामाकोशी बन्नसक्ने हाम्रो पैँसा बचत हुन सक्थ्यो । एउटा तामाकोशी कसले खानलाग्यो रु सम्माननीय सभामुख महोदय हाम्रो प्रश्न छ । प्रश्न यहाँ चिनियाँ सरकारको लगानीको होइन ।'

त्यसैको भोलिपल्ट काँग्रेसका सहमहामन्त्री प्रकाशशरण महतले पनि स्वदेशी पुँजीले बनाउने भनिएको बुढीगण्डकी जलविद्युत आयोजना चिनियाँ कम्पनी गेजुवालाई दिँदा  सरकारको ठूलो चलखेल गरेको बताएका थिए। काँग्रेस मात्रै नभएर यस सम्बन्धी विज्ञहरुले पनि यसको विपक्षमा प्रतिक्रिया दिएका छन् । 

पूर्व उर्जासचिव शीतलबाबु रेग्मीले गेजुवालाई यसको जिम्मेवारी दिँदा खाली होल्ड अन गरेर मात्रै बस्ने बताए । उनले भने 'माथिल्लो  कर्णाली  होल्ड गरेर बसेको, १० वर्ष हुन लागिसक्यो । त्यसमा केही भएको छैन । होल्ड गरेर बस्नेलाई कामै दिनु हुँदैन । बरु आफ्नै पैसा जोगाएर त्यसैबाट गर्न सकिन्छ । वर्षमा लाग्ने भनेको ४० देखि ५० अरब लाग्छ । अहिले हेर्नुस् न एकै दिनमा यति अरब उति अरब खर्च भयो भन्ने खबरहरु आइरहेका छन् ।'
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ