arrow

मंसीर ६ बाट दोस्रो भिमाद कप राष्ट्रिय फुटवल

logo
प्रकाशित २०७६ वैशाख २५ बुधबार
1700061048.jpeg
काठमाडौ । आगामी मंसीर ६ गतेबाट तनहुको भिमाद गाविसमा दोस्रो भिमाद कप राष्ट्रिय फुटवल प्रतियोगिता हुने भएको छ । आयोजक युवा क्लब भिमादले आयोजना गर्ने प्रतियोगितामा प्रथम हुने टिमले १ लाख ५५ हजार ५ सय ५५, दोस्रो हुनेले ७७ हजार ७ सय ७७ रुपैया नगद मेडल र कप पाउने मंगलबार रिपोर्टर्स क्लब नेपालमा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिईयो । 

१० दिनसम्म चल्ने प्रतियोगिताको लागि राष्ट्रिय स्तरको टिमलाई सहभागिताको लागि आग्रह गरिएको क्लबका अध्यक्ष नारायणप्रसाद लम्सालले जानकारी दिए । उनका अनुसार प्रतियोगितका बेस्ट प्लेयर, बेष्ट गोलरक्षक, हाई स्कोरर र अनुशासासित टिमले जनही १०–१० हजार रुपैया पुरस्कार पाउने छन । 

प्रतियोगितामा सहभागि हुने टिमले आगामि मंसिर ३ गतेसम्ममा आफ्नो टिम दर्ता गराईसक्नु पर्ने छ ।  पत्रकार सम्मेलनमा रिपोर्टर्स क्लब नेपालका अध्यक्ष ऋषि धमलाले नेपालमा खेलको भविष्य राम्रो भएको र विश्वभरी राम्रो प्रर्दशन गरिरहेको अवस्थामा यस्ता प्रतियोगिताहरुले अझै राम्रो बनाउने विश्वास ब्यक्त गरे ।

नेपाली काग्रेस महासमिति सदस्य पुष्पराज पराजुलीले विश्वमा मुलुकलाई चिनाउन सक्ने र भाईचारा स्थापित गर्ने खेलको विकासको लागि गाँउगाँउबाट पहल गर्नुपर्ने भन्दै यस्ता प्रतियोगिताले सकारात्मक नतिजा ल्याउने विश्वास ब्यक्त गरे । पत्रकार सम्मेलनमा क्लबका निर्वतमान अध्यक्ष विजयराज सुवेदी, क्लबका उपाध्यक्ष गोपाल पराजुलीले खेलको बारेमा प्रष्ट पारेका थिए ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ