arrow

यी कारण रोकिँदैन बच्चा पेटमा हुँदा पनि रक्तस्राव

logo
प्रकाशित २०७५ माघ २५ शुक्रबार
pregnant.jpg

काठमाडौं । सामान्यत महिला गर्भवती भएपछि महिनावारी रोकिन्छ  । महिनावारी नहुनु गर्भावस्थाको सूचक हो ।  तर कुनै गर्भवती महिलालाई रक्तस्राव हुन थाल्छ भने हामीमा डरको स्थिति सर्जना हुन्छ । केहि मामिलामा गर्भावस्थाको क्रममा पनि महिनावारी हुन सक्छ । यसले गर्भमा रहेको शिशिलाई कुनै खतरा हुदैन ।

विशेषज्ञका अनुसार जुन महिलाको गर्भाशय दुई भागमा बाढिएको हुन्छ त्यस अवस्थामा यो संभव छ। मेडिकल भाषामा यस्तो गर्भाशयलाई 'बाईकोर्नुएट यूट्रस' भनिन्छ । यसको एक हिस्सामा शिशु बढिरहेको हुन्छ भने अर्को भागमा महिनावारी हुन्छ ।
 
यस कारण पनि गर्भावस्थामा हुन्छ रक्तस्राव
इन्प्लाटेशन ब्लीडिङ्ग: यो गर्भावस्थाको सूचक हो । यस क्रममा महिलाहरुलाई स्पटिङ्ग हुन्छ ।

ट्यूबल गर्भावस्था: 'यूट्रस'को ठाँउमा यदि शिशु 'फर्टीलाइज्ड एग फेलोपियन ट्यूब' मा बढे त्यसलाई ट्यूबल गर्भावस्था भनिन्छ । यस्तो स्थितीमा पनि रक्तस्राव हुन्छ ।

संक्रमण : अंगहरुमा कुनै प्रकारको संक्रमणको कारण पनि पनि रक्तस्त्राव हुन सक्छ ।

मिसक्यारेज : गर्भावस्थाको क्रममा रक्तस्राव मिसक्यारेजको पनि सूचक हो।

यदि तपाईलाई गर्भावस्थामा रक्तस्राव भए  वा रक्तस्राव भएर बन्द भएको भए दुवै अवस्थामा डाक्टलाई जांच गराउनुहोस् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ