arrow

सुकुम्वासी समस्या समाधान गरिने : मुख्यमन्त्री राई

logo
प्रकाशित २०७५ माघ २५ शुक्रबार
sherdhan-rai-1.jpg

विराटनगर । प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले प्रदेश सरकारले अव्यवस्थित बसोबास र सुकुम्वासी समस्या समाधान गरिने बताएका छन्  ।

मोरङको कानेपोखरी गाउँपालिका–६ स्थित जनसेवा माध्यमिक विद्यालयको आज स्वर्ण महोत्सवको उद्घाटन गर्दै उनले सो कुरा बताएका हुन् । उनले विकास र समृद्धिको यात्रामा देशमा धेरैभन्दा धेरै दक्ष जनशक्ति उत्पादन गर्न सामुदायिक विद्यालयमा जीवनोपयोगी र सीपमूलक शिक्षा प्रदान गर्न प्रदेश सरकार लागिपरेको जानकारी गराए।

उनले प्राविधिक शिक्षाका लागि व्यावसायिक तालीम केन्द्रहरु स्थापना गर्ने कार्यक्रम बनाउने काम भइरहेको बताए। अगामी दुई वर्षमा प्रदेशमा १०० वटा सामुदायिक विद्यालयमा प्राविधिक शिक्षा शुरु गरिने उल्लेख गर्दै उनले शैक्षिक क्षेत्रलाई राजनीतिकबाट मुक्त गर्न शिक्षा क्षेत्रमा आमूल परिवर्तनका खाका तयार भइरहेको जानकारी गराए।

सामाजिक विकासमन्त्री जीवन घिमिरेले सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर बढाउन प्रदेश सरकारको अहिलेको चुनौती रहेकाले सामुदायिक विद्यालयप्रति अभिभावकको रुचि बढाउन अङ्ग्रेजी माध्यममा पठनपाठनको व्यवस्था मिलाइने बताए। उनले चालू आव प्रदेशमा एक हजार ३०० विद्यालयमा ई–इजुकेशन शुरु गरिने प्रतिबद्धता जनाए।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ