arrow

एआईको दौडमा अमेरिका र चीनमा कुन अगाडि ? 

logo
एजेन्सी
प्रकाशित २०७५ माघ २६ शनिबार
AI_reading.jpg

काठमाडौं । चीन र अमेरिका विश्वव्यापीरुपमा कृत्रिम बौद्धिकता (एआई)मा अगाडि रहेको संयुक्त राष्ट्रसंघको एक अध्ययनले देखाएको छ । राष्ट्रसंघको विश्व बौद्धिक सम्पत्ति संगठन (डब्ल्यूआईपीओ)को अध्ययनअनुसार बौद्धिक सम्पत्तिमा अमेरिकी प्रविधि कम्पनी आईबीएम सबैभन्दा अगाडि देखिएको छ । 

अध्ययनअनुसार आईबीएमले ८ हजार ९ सय २० पेटेन्ट दर्ता गराएको छ । माइक्रोसफ्टले ५ हजार ९ सय २०  पेटेन्ट दर्ता गराएको छ । बौद्धिक सम्पत्ति विस्तार गरिरहेका प्रमुख २० शैक्षिक संस्थामध्ये १७ ओटा चिनियाँ कम्पनी छन् । 

यस्तोमा चीन निकै तीव्र विकास भइरहेका क्षेत्रमा भने चीन अगाडि देखिएको छ । विशेषगरी यसमा मेसिकले पनि सिक्न सक्ने प्रणाली समावेश छ । यसमा आवाज पहिचान गर्न सक्ने प्रणाली पनि समावेश गरिएको छ । 

डब्ल्यूआईपीओका महानिर्देशक फ्रान्सिस ग्युरीले अमेरिका र चीनले निश्चितरुपमा नै एआईमा अग्रता लिइसकेको बताए । अमेरिकाले चीनलाई बौद्धिक सम्पत्ति चोरीको आरोप लगाउँदै आएको छ । ग्युरीले भने चीनबाट उल्लेख्यमात्रामा पेटेन्टको निवेदन दिएको बताए । 

उनले चीनको स्वभावमाथि प्रश्न उठिरहेको बताए । उनका अनुसार एआईको विस्तारमा चीन गम्भीर भएर लागिरहेको छ । पेटेन्ट निवेदनको संख्या सन् २०१३ देखि २०१६ को बीचमा औसत २८ प्रतिशतले बढिरहेको छ । 

यस किसिमको वृद्धि विशेषगरी निकै गहन अध्ययनको आधारमा आएको थियो । गिशेषगरी रोबोटिक क्षेत्र निकै अगाडि रहेको  देखिएको छ । सन् २०१३  मा यो क्षेत्रमा १ सय १८ ओटा पेटेन्ट दर्ता भएकोमा सन् २०१६ मा यो संख्या बढेर २ हजार ३ सय ९९ पुगेको थियो । 

सबैभन्दा लोकप्रिय एआईको आवेदन कम्प्युटर भिजन हो । यसको प्रयोग सवचालित कारमा प्रयोग गरिएको छ । यसले ४९ सबै एआईको पेटेन्टको ४९ प्रतिशतको हिस्सा ओगटेको छ । 

यो अध्ययनले कसरी विज्ञानको विकास भइरहेको छ भन्ने कुरालाई देखाएको अधिकारीहरुले बताएका छन् । विज्ञानका महत्वपूर्ण आविष्कार भएको १० वर्षमा प्रविधिको पनि व्यापक विस्तार भइरहेको उनीहरुको भनाइ छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ