arrow

बझाङ महिला संघद्धारा सरकारको बिरोध

logo
शैलेन्द्र रोकाया, 
प्रकाशित २०७५ माघ २६ शनिबार
Bajhang-hamrakura-new.jpeg

बझाङ। नेपाली कांग्रेसको भातृ संगठन महिला संघ बझाङले शनिबार सरकारको बिरोधमा सदरमुकाम चैनपुरमा बिरोध र्‍याली निकालेका छ। जिल्लाका बिभिन्न ठाउँबाट सदरमुकाम चैनपुरमा आएका महिलाहरु कांग्रेसको पाटी कार्यालयमा भेला भई चैनपुरको अदालत रोड खुल्ला मञ्च सहित बजार परिक्रमा गरि चौराहामा कोण सभाको गरेको थियो। 

बिरोध र्‍यालीमा सहभागी महिलाहरुले निर्मला पन्तको बलात्कार पछि हत्या गर्नेलाई कारबाही गर, डाक्टर गोबिन्द केसी संग भएका सम्झौता पुरा गर, हत्या हिसां बन्द गर, संसदिय सर्बोच्चता कायम गर, वाईटबडी बिमान भष्टचारीलाई कारबाही गर जस्ता सरकार बिरोधी चर्का नारा बाजी लगाएका थिए।

बिरोधसभा पछि चौराहामा कोणसभामा बोल्दै महिला नेतृहरुले सरकारको चर्को बिरोध गरेका थिए। महिला संघकी जिल्ला अध्यक्ष शान्ति पुजाराको नेतृत्वमा भएको बिरोध र्‍यालीमा नेपाली कांग्रेस पार्टीका जिल्ला सभापती हर्कजंग बहादुर सिंह पूर्व सभापती पृथ्बी बहादुरसिंह लगायत पाटीका नेता कार्यकर्ता र अन्य भातृ संगठन र शुभेच्छुक संगठनका प्रतिनीधीको बाक्लो उपस्थिती रहेको थियो। 

सरकारको बिरोधमा देश भरि नेपाली कांग्रेसले चरणबद्ध रुपमा बिरोधका कार्यक्रम तय गरेपछि यस जिल्लामा पनि यस अगाडी नेबिसंघ, तरुणदल र नेपाली कांग्रेसले पनि बिरोध र्‍याली गरका थिए।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ