arrow

वसन्तकी देवी सरस्वती : संस्कृत उच्चारणमा कठिन हुनेको लागि यस्तो छ सहज मन्त्र

logo
प्रकाशित २०७५ माघ २७ आइतबार
saraswoti.jpg

काठमाडौं । वसन्त ऋतुमा पञ्चमीको उत्सव 'माता सरस्वती' को जन्मदिनका रूपमा सम्पूर्ण विश्वमा नै हिन्दूहरुले मनाउने गर्दछन् । वसन्त पञ्चमी सबैको लागि महत्वपूर्ण छ । यस दिन शुभ्रवसना, वीणावादिनी, मन्द-मन्द मुस्कुराती, हाँसमा विराजमान भएकी माता सरस्वतीले मानव जीवनको अज्ञानलाई दूर गर्ने र प्रकाशबाट आलोकित गराउने विश्वास गरिन्छ । 

जो मानिस सरस्वतीको कठिन मन्त्रको गर्न सक्दैन, उनको लागि पनि संस्कृतमा सजिलो सरस्वती मन्त्री समेत उपलब्ध छ । वसन्त पञ्चमीको दिनबाट यस मन्त्रको जप आरम्भ गर्ने मानिस आजीवन यो मन्त्रको पाठ गर्नाले विद्या तथा बुद्धिमा वृद्धि हुन्छ । तर, यो मन्त्र बैदिक मन्त्र भएकोले पहिले कुनै गुरुको मुखबाट सुनेर मात्रै सुरु गर्नु पर्छ । नयाँ वैदिक मन्त्र पाठ गर्नु अघि जहिलै पनि गुरुमुख अनिवार्य मानिन्छ ।  

वीणावादिनी माता शारदाको स्वरूप जति सौम्य छ उनको लागि जप्ने मन्त्र उति नै दिव्य छ । वसन्त पञ्चमी माता सरस्वतीलाई प्रसन्न पार्ने दिन हो । यस दिन यो मन्त्रलाई पूर्ण श्रद्धापूर्वक पढ्दा बल, विद्या, बुद्धि, तेज तथा ज्ञानको समेत प्राप्ति हुन्छ । 

* 'ऎं ह्रीं श्रीं वाग्वादिनी सरस्वती देवी मम जिव्हायां। सर्व विद्यां देही दापय-दापय स्वाहा।'

- माता सरस्वतीको सुप्रसिद्ध मन्दिर भारतको मेहरमा छ। मेहरको शारदा मातालाई प्रसन्न गर्ने मन्त्र यस प्रकारको छ । 

* 'शारदा शारदांबुजवदना, वदनाम्बुजे।
सर्वदा सर्वदास्माकमं सन्निधिमं सन्निधिमं क्रियात्।'
- शरद कालमा उत्पन्न कमलकी समान मुखवाली तथा सब मनोरथलाई दिनेवाली माता शारदा समस्त समृद्धिहरुको साथ मेरा मुखमा सदा निवास गरुन् । 

* सरस्वतीको बीज मन्त्र 'क्लीं' हो।

- शास्त्रमा 'क्लींकारी कामरूपिण्यै' यानी 'क्लीं' काम रूपमा पूजनीय छ।

तल दिइएको मन्त्रबाट मनुष्यको वाणी सिद्ध हुन्छ । समस्त कामनाहरुलाई पूर्ण गर्नेवाला यो मन्त्र सरस्वतीको सबैभन्दा दिव्य मन्‍त्र हो ।
* सरस्वती गायत्री मंत्र : 'ॐ वागदैव्यै च विद्महे कामराजाय धीमहि। तन्नो देवी प्रचोदयात्‌।'

संस्कृत नजानेका र सही उच्चाहरण गर्न नसक्नेको लागि तय गरिएको मन्त्र भने शुद्ध रुपमा उच्चाहरण गर्नु पर्दछ । अन्यथा यसको फल प्राप्त नहुन सक्छ । 

के के गरिन्छ वसन्त पञ्चमीमा ?
- वसन्त पञ्चमीको दिन माता सरस्वतीको जन्मोत्सवको रुपमा धुमधाम रुपमा मनाइन्छ । 

- यो दिन वसन्त ऋतुको आरम्भको दिन समेत मानिन्छ । 

- देवी सरस्वती तथा ग्रन्थहरुको पूजन गरि मनाइन्छ । 

- नव बालक-बालिका यस दिनबाट विद्याको आरम्भ गर्दछन् । 

- संगीतकार आफ्नो वाद्ययन्त्रहरुको पूजन गर्दछन् । 

- स्कूल तथा गुरुकूलहरुमा सरस्वती तथा वेद पूजन समेत गरिन्छ । 

- यसै दिन पितृ तर्पण समेत गरिन्छ । 

* यसैदिन कामदेवको समेत पूजा गरिन्छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ